जोनी डिपलाई १० वर्ष जेल सजायको खतरा !!!
28-May-2015
दश वर्षको कैद सजाय वा अधिक्तम २ लाख पैसठ्ठी हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने

गैरकानुनीरुपमा आफ्ना दुई घरपालुवा कुकुरलाई अष्ट्रेलिया भित्र्याएको अभियोगमा हलिउड अभिनेतालाई जेल सजाय हुनसक्ने सम्भावना बढेको छ। अष्ट्रेलियन सिनेट कमिटिले सो मामिला अदालत पुगेर उनी दोषी प्रमाणित भएको खण्डमा दश वर्षको कैद वा अधिक्तम २ लाख पैसठ्ठी हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताएको छ।

यसै महिनाको सुरुवातमा  'पाइरेट्स अफ क्यारेवियन' फिल्मको पाँचौ श्रृखलाको सुटिङ् गर्न अष्ट्रेलिया पुगेका जोनीले अष्ट्रेलियाको कडा क्वारेन्टाइन चेक कानुनलाई बेवास्ता गर्दै आफ्ना दुई कुकुरलाई अष्ट्रेलिया लगेका थिए। उनले अष्ट्रेलियाको कानुन उल्लघंन गरेको पाइएपछि अष्ट्रेलियाका कृषिमन्त्रीले ५० घण्टा भित्र कुकुरहरुलाई देश बाहिर नलगे गोली हानेर मारिदिने चेतावनी दिएका थिए।

उक्त चेतावनीपछि जोनीले ५० घण्टा नबित्दै आफ्नो निजि विमानमार्फत पिस्टोल र बु नाम गरेका कुकुरलाई अमेरिका फिर्ता लगेका थिए।

 

 

 

 

source:http://kala.setopati.com/bollywood/1167/