बलिउड अभिनेता ऋषि कपुर खिल्ली उडाए किम कार्दासियनको ड्रेसको
9-August-2016

बलिउड अभिनेता ऋषि कपुरको सेन्स अफ ह्युमरबारे धेरैजसोलाई थाहा छ । आजकाल उनी सोसल मिडियामा विभिन्न विषयलाई मजाक बनाउँदै ट्वीट गर्छन् । उनले केही दिन पहिले चर्चित ब्रान्डको खिल्ली उडाएका थिए । उनको मजाकको परिधिभित्र हलिउडकी चर्चित अभिनेत्री किम कार्दासियन पनि परिन् ।

ऋषि कपुरले ट्वीटरमा किमको एउटा फोटोसँगै प्याजको बोरा राखिएको फोटो सेयर गरेका छन् । फोटोमार्फत उनले किम कार्दासियनको फोटो र प्याजको बोराबिच तुलना गर्न खोजेका छन् ।