शाहरुख खान तेस्रोे पटक अमेरिकाको एयरपोर्टको हिरासतमा
12-August-2016


साउन २८ – बलिउडका स्टार शाहरुख खान फेरि एक पटक अमेरिकाको लस एन्जलिस अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् ।   शाहरुख ईम्तीयाज अलीको फिल्म शुटिङका लागि अमेरिका गएका हुन् ।  ट्वीटरबाट शाहरुखले आफूलाई विमानस्थलको हिरासतमा राखिएको जानकारी दिएका हुन् । सन् २००९ र सन् २०१२ मा पनि उनलाई अमेरिकी एयपोर्टमा यसरी नै रोकिएको थियो ।  यद्यपि, उनलाई किन र कति समय हिरासतमा राखिएको हो भन्ने कुरा खुलाइएको छैन ।