‘छक्का पञ्जा’ सँगै दिपक र दिपा आज बुटवलमा
27-September-2016

माधब भुसाल असोज ११,  बुटवल । दिपक राज गिरी दिपाश्री निरौला बुटवल आउने भएका छन् । भाद्र २४ गते रिलिज भएको फिल्म छक्का पञ्जा दर्शकसँगै बसेर हेर्नका लागी उनिहरु बुटवल आउन लागेका हुन् । बुटवलको कालिका फिल्म हलमा मध्यान्ह १२ बजेको शो का लागी उनिहरु आइपुग्नेछन् । र बुटवलपछि भैरहवा जाने श्रोतले जनाएको छ । दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको फिल्मले सोह्र दिनमा ७ करोड ४२ लाख २३ हजार ग्रस कारोबार गर्न सफल भइसकेको छ । यो फिल्मले पछिल्लो बर्ष सर्र्वािधक कलेक्सन गर्न सफल बनेका तीन फिल्म कबड्डी कबड्डी, ड्रिम्स र परदेशीको कारोबारको रेकर्डलाई ११ ब्रेक गरिसकेको छ । ‘छक्का पञ्जा’मा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, शिवहरी पौड्याल, जितु नेपाल, बुद्धि तामाङ लगायत अभिनयमा छन् ।

Events
Random Picks