हलिवुड नायिका सुसन सारान्डोनद्वारा नेपालमा भूकम्प प्रतिरोधक घरहरुको उद्घाटन
1-June-2015

 

????????????????????????????????????

काठमाडौँ, जेठ १० – नायिका तथा “ लिभ टु लभ मेसेन्जर अफ लाइट” सुसन सारान्डोन अहिले नेपालमा छिन् र हिमाली क्षेत्रमा मानवीय सहयोग गर्दै आएको गैर लाभांस संस्था लिभ टु लभ इन्टनरनेशनलसँग सहकार्य गर्दै छिन् । एटलान्टिक सिटि, डेड म्यान वकिङ्ग जस्ता फिल्ममा अभिनय गरेकी उनी हाल नेपालमा भूकम्प पीडितको राहतका लागि सक्रिय रहेकी छिन् ।

 

सारान्डोन तत्काल लिभ टु लभका सयौँ स्वयंसेवकहरुका साथ भूकम्प पीडितहरुसँग प्रत्यक्ष रुपमा काम गरिरहेकी छिन् । साथै ड्रुक्पा अर्डरका हिमाली क्षेत्रका लैङ्गिक समानताका अगुवा “कङ्फु नन”हरु पनि यस कार्यमा सामेल छन् । उनीहरु भूकम्पबाट प्रभावित भएका दुर्गम क्षेत्रहरुमा सो स्वयंसेवकहरु कार्यरत छन् ।

 

महाभूकम्पले धेरै जसो घरहरु सबै ध्वस्त पारेर धेरै क्षति पु¥याएको रामकोटमा आवस्थित ९ वटा गाउँहरुमा बन्दै गरेको २०१ वटा “लिभ टु लभ होम”हरु मध्ये एक होमको उद्घाटन पनि सारान्डोनले गरेकी छिन् । यस क्षेत्रका धेरै मानिसहरु घरबार विहिन भएको र बर्षा याम पनि शुरु भएकाले पञ्चकन्या ग्रुप र अन्टरप्रनर्स अर्गनाइजेसन (इ.ओ.) नेपाल सँग सहकार्य गर्दै लिभ टु लभ इन्टनरनेशनले यी घरहरुको स्थापना गर्दैछ ।

????????????????????????????????????

अहिले बन्दै गरेका घरहरुले दुइ हप्ता भित्रमा रमकोटका विभिन्न गाउँका १,००० जना मानिसहरु बस्न पुग्नेछ । विशेषज्ञहरुले संयुक्त राष्ट्र संघद्वारा दिइएको निर्देशन अनुसार सो घरहरुको डिजाइन गरेका छन् भने यसको निर्माणमा विभिन्न संस्थाहरुका साथै स्थानीयहरुको पनि सक्रिय योगदान रहेको छ । कार्यरत एक जना स्वयंसेवकले भने, “हामी स्थानीयवासीहरुको संस्कृतिको आदर गर्दछौँ र उनीहरुलाई नै परिचालन गर्दै समस्याको समाधान खोज्नु पर्दछ भन्ने विश्वास गर्दछौँ । त्यसैले हामी नेपालीहरुको लागि नभइ नेपालीहरु सँग निर्माण गर्दै छौँ ।” धेरै जसो बनाइएका घरहरु भूकम्पले क्षति भएका घरहरु मै भएको सामाग्रीहरुद्वारा बनाइने छन् ।

 

सबैभन्दा पहिले बनाइने दुइवटा घरहरु भूकम्पमा आफ्नो छोरा गुमाएकी ७७ वर्षिया शैली तामाङ्ग र सोही भूकम्पमा आफ्नो पति र छोरी गुमाएकी ४६ वर्षिया निर्माया तामाङ्गका लागि हुनेछ ।

 

प्रत्यक्ष राहत कार्यमा रहेकी सारान्डोनले भनिन्,“महाभूकम्पबाट परेको विनाश देखेर मलाई धेरै दुःख लागेको छ, तर यस्तो त्रासिक समयमा लिभ टु लभ इन्टनरनेशनल संस्थाले देखाएको सक्रिय कार्य देखेर धेरै खुसी लागेको छ ।” सारान्डोनले लिभ टु लभ संस्थासँग सहकार्य गर्दै अन्य भूकम्प–प्रभावित क्षेत्रहरुको पनि मूल्याङ्कन गर्दै पुनर्निमाणका छोटो तथा लामो अवधिका कार्यक्रमहरुमा काम गर्ने बताइएको छ ।

 

यसै महिनाको शुरुवातमा लिभ टु लभ संस्थाकी विश्वव्यापी एमब्यासेडर मिसेल योले पनि नेपालका विभिन्न गाउँहरुमा गरि आठ वटा प्रिफ्याब्रिकेट गरिएका सामुदायिक हलहरुको उद्घाटन गरेकी थिइन । काम सकिएपछि ती सामुदायिक हलहरुमा वर्षायामका बेला २,००० जना घरबार विहिन भएका मानिसहरुले आश्रय पाउनेछन् ।

 

susan  (3)
लिभ टु लभ संस्थाका संस्थापक, वातावरणविध, तथा संयुक्त राष्ट्र संघद्वारा एम.डि.जी.को सम्मान प्राप्त गरेका ग्याल्वाङ्गले नेपालमा आएको भूकम्पले विनास गर्नुका साथै संसारभरि सबैलाई झस्काएको बताए । “हाम्रो राहतका कार्यक्रमहरु मार्फत हामीले नेपालका स्थानीयहरुलाई तत्कालको लागि विपत्तिबाट मुक्त गर्नुका साथै भविष्यका लागि पनि दिगो वातावरणको स्थापना गर्नु पर्छ,” उनले बताए ।

 

“हामीले अब कुनै पनि ठाउँमा असुरक्षित घरहरु बनाउनु भएन र आफ्नो बातावरणसँग नमिल्ने किसिमको जीवन पनि बनाउनु भएन । भूकम्प पछि सफा खाने पानीको अभाव जस्ता कुराहरुले विपत्तिको असरहरु अझै बढाउँछ,” उनले भने ।

 

उनले संसारभरिका व्यक्ति तथा संस्थाहरुलाई पनि यस विपत्तिका बेलामा सहकार्य गर्दै नेपालको पुनर्निमाणमा सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

 

source:http://www.ratopati.com/2015/05/24/235721.html