फ्रान्सको सडकमै पिसाब गरे रोनाल्डोले
2-June-2015

जक्सन डटकम, जेठ १९ / रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले बाटोलाई शौचालयको रुपमा प्रयोग गरेका छन् । पोर्चुगिज रोनाल्डो सोमबार फ्रान्सको सेन्ट ट्रोपेज शहरको सडकमा पिसाब गरेका छन् ।

पार्टी सकेर बाहिर निस्केका रोनाल्डोले आइस क्रिम स्टोरको अघिल्तिर कारबाट छेकिएर पिसाब गरेका थिए । उनको नजिकै साथीहरु उभिएका थिए । साथीहरुसँग स्थानीय चर्चित नाइट क्लबमा पार्टी गरेर निस्कने क्रममा रोनाल्डोले बाटोमा पिसाब फेरेको त्यहाँका सुरक्षा गार्डले देखेका थिए ।

त्यसपछि ती गार्डले उनलाई त्यहाँबाट तत्काल जान आग्रह गरे र उनी साथीसँगै कार चढेर हिँडेका थिए ।  रोनाल्डोले पार्टीका लागि सेतो टिसर्ट र निलो हाफ पाइन्ट लागएका थिए । रोनाल्डो गएको केही दिनदेखि पेरिसमा साथीहरुसँग पार्टी गरेर बिदा मनाइरहेका छन् ।

फोटो : एजेन्सी

Events
Random Picks