गायक राज कुमार गोस्वामीले मीस नेपाल सृष्टिलाई नौं तले घर छ भन्दै पुराए काडाँघारी
17-December-2016

                                                       

गायक राज कुमार गोस्वामीको  “काडाँघारी”  गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ । किरण भण्डारीको शब्द,संगीत तथा एरेन्ज रहेको सार्बजनिक गीतमा गायक  गोस्वामीलाई गायीका आस्था रावतले साथ दिएकी छिन् ।

नायीका सृष्टि श्रेष्ठ, किशोर र राम को अभिनय रहेको भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । भुषण दाहालले निर्देशन गरेको म्युजीक भिडीयोमा धिरजजंग शाहको छायाँकन र भरत रेग्मीको सम्पादन देख्न सकिन्छ ।कोशिश २ एल्बममा समाबेश उक्त गीतको भिडियोमा कलाकारलाई मज्जाले नचाईएको छ ।

Events
Random Picks