आफु अभिनित फिल्म रिलिज भएको भोलिपल्टै नायिकाको मृत्यु
7-June-2015

जक्सन डटकम / तेलगु फिल्मकी चर्चित अभिनेत्री ३१ वर्षीया आरती अग्रवालको उपचारका क्रममा अमेरिकाको न्यु जर्सीको एक अस्पतालमा शनिबार निधन भएको छ ।
 
उपचारकै क्रममा हृदयघात भएर उनको ज्यान गएको चिकित्सकहरुले जानकारी दिएका छन् । शुक्रबार मात्रै उनी अभिनित तेलगु फिल्म रनम २ रिलिज भएको थियो ।

आरतीका म्यानेजरले सञ्चारमाध्यमलार्इ बताएअनुसार आरती केही समययता अत्याधिक मोटोपनबाट पीडित थिइन् । उनका अनुसार आरतीलार्इ फोक्सको रोग पनि लागेको थियो । सोही कारण उपचारका लागि अमेरिका पुगेकी उनको हृदयघात भएर ज्यान गएको हो ।

आरतीले सन् २०११ तेलुगु फिल्म ुनुब्बु नाकु नचवु बाट फिल्मी जगतको यात्रा थालेकी थिइन् । उनको पहिलो फिल्म नै सुपरिहट भएको थियो ।

उनले ुनुब्बुलेका नेनु लेनुु, ुइन्द्राु र ुवसन्तमु फिल्ममा पनि अभिनय गरिसकेकी थिइन् । सन् २००५ मा तेलगु फिल्मकै कलाकार तरुणसँगको प्रेमसम्बन्ध टुटेपछि आत्महत्याको प्रयास गरेकी थिइन् ।

आरती हालसम्म करिब २५ वटा फिल्ममा अभिनय गरेकी थिइन् । उनी अभिनित अन्तिम फिल्म रनम२ शुक्रबाट हलमा लागेको अवस्थामा शनिबार उनको निधन भएको खबर बाहिर आएको हो ।

Events
Random Picks