खुश्बु भइन् मिस लुम्बिनी
28-February-2017


पुजा पन्थी । 
वुटवल–१७,फागुन
ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको एइ ग्लोबल मिस लुम्बिनी २०७३ को ताज खुश्बु क्षेत्रीले पहिरेकी छन । 

आइतबार राती बुटवल उद्योग वाणिज्य संघको हलमा सम्पन्न फाइनलमा अरू १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत भैरहवाकी क्षेत्री मिस लुम्बिनी २०७३ बन्न सफल भइन । 

यस्तै बुटवलकी पूजा प्रधान फस्ट रनरअप हुँदा चिल्हियाकी पद्मा अधिकारी सेकेण्ड रनरअप बनिन । 

मिस लुम्बिनीको ताज पहिरन सफल भएकी क्षेत्रीले काठमाडौंमा हुने मिस एसिया नेपालको टप २० मा सिधै प्रवेश हुन पाउने छिन । उनीहरूलाई चलचित्रका हस्ती नायक सुनिल थापाले ताज पहि¥याइदिएका थिए  । 

त्यसैगरी निर्णायक मण्डलहरूमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, नेक्ष्ट इभेन्ट इन्ट®नेशनल काठमाडौंका दिवस खानिया, मिस नेपाल १९९९ स्वेता सिंह, मिस अ®ोमा चितवन २०१३ इशा प्रधान, नमुना एकीकृत विकास परीषदका अध्यक्ष ज्ञानु पौडेल निर्णायक मण्डलमा थिए  । 

सोही कार्यक्रममा अफिसियल डिजाइनर अनुष्का सैंजुको ब्राण्ड लन्चिङका साथै गायिका दिक्षा थापा, गायक वसन्त श्रेष्ठ र सांगीतिक समूह गोविन एण्ड द ट्रस्टको प्रस्तुतीसमेत रहेको थियो  । 

२०७३ मंसिर १५ गतेदेखि पुस ८ गतेसम्म खुलाइएको निवेदनमा सबैगरी २०० जनाले आवेदन फारम भरेका थिए  । पुस ९ गते पहिलो अडिसन र पुस १५ गते दोस्रो अडिसन सम्पन्न भएको थियो  ।

जसमा २०० जनाबाट ३० जनालाई छनोट गरिएको थियो  । पुस २६ गते प्रतिस्पर्धीहरूको अन्र्तवार्ताबाट २० जनालाई फाइनलका लागि छनोट गरिएको थियो  । कार्यक्रममा कपिलवस्तु, अर्घाखाँचीका साथै रूपन्देहीको बुटवल, भैरहवा, शंकरनगर र देवदहबाट प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए  । 

कार्यक्रम संयोजक सुमोदमान सैंजूका अनुसार कार्यक्रममा २० जना छनोट गरि सकेपछि उनीहरूलाई करिब १ महिनाको तालिम प्रदान गरिएको थियो  ।

माघ ५ गतेबाट सुरु ग®िएको तालिममा आनीबानीदेखि, आफ्नो परीचय दिने शैली, हिंड्ने तरिका, व्यक्तित्व विकास, क्यामेरा फेस कसरी गर्नेलगायतका तालिम प्रदान गरीएको थियो  । कार्यक्रमको आयोजक ड्रिम इभेन्ट एण्ड इन्टरटेनमेन्टका प्रोपाइटर प्रकाश थापा ®हेका थिए भने कोरीयोग्राफर प्रज्ञा तिवारी रहेका थिए  । 

सहभागीहरूलाई पब्लिक स्पिकिङ तालिम पत्रकार रमेश अर्याल, समाजमा सामाजिक संघ–संस्थाको कर्तव्य र युवाहरूको भूमिकाबारे लायन्स क्लब इन्टरनेसनल ड्रिष्टिक ३२५ बी टु का उमंग देवकोटा, इङलिस ट्यिुटोिरीयल विशाल श्रेष्ठलगायतका व्यक्तिहरूले तालिम दिएका थिए  । 

सो तालिममा प्रतिस्पर्धीहरूलाई बुटवल उ.म.नपा २ स्थित सिद्वबाबा दुर्गाभवानी शिवकुमारी सैंजु पाकापुस्ता घर वृद्धाआश्रम), पत्थरडाँडास्थित सिद्धिविनायक फूड प्रोड्क्डसमा औद्योगिक अवलोकन, र महिलाहरूमा लाग्ने स्तन क्यान्सर राेगकाे बारेमा जनचेतनामूलक तालिम पनि दिइएको थियो  ।