आफ्नो गाडी होटलले नियन्त्रणमा लिग्यो भन्ने समाचार प्रकाशित भएपछि भुवनले दिए यस्तो प्रतिक्रिया
23-June-2015

जक्सन डटकम । स्वयंले निर्देशन गरिरहेको फिल्म ड्रिम्स को सुटिङका लागी पोखरा आएका भुवन केसी  पोखरामा रहेको होटलमा बिल नतिरेको समाचार आएपछि यतिबेला तनावमा छन् । होटल पिस फुलले डबल ताल्चा लगाएर भुबनको गाडी र सुटिङ सामाग्री राखेको समाचार बाहीर आएको थियो । 

केसीले आज बिहान मात्रै होटल पिसफुल व्यबस्थापनले टेलीफोन मार्फत आफ्नो करिब ५ लाख रुपैया नदिएपछि ताल्चा लगाएको जानकारी दिइएको बताएका छन् । नायक केसि र होटल सञ्चालीका बिन्देश्वरी श्रेष्ठ सँग यसबारे बुझ्न खोज्दा भने त्यस्तो घटना केही पनि नभएको बताए । होटल पिसफुलका सञ्चालकले बिल नतिरेको कुरा झुट भएको बताए पनि पोखरामा रहेका अन्य होटलहरु एवं बिभिन्न ब्यक्तिसँग लिएको रकम केसीले नदिएको गुनासो श्रोतले जानकारी दियो ।  

यता नायक भुवन केसीले केहि दिन आफु पोखरामा बसेर सबै कारोबार मिलाएर जाने बताएका छन् । 

Write a Comment