सलमान खानमाथि फेरी मुद्धा : २५० करोड क्षतिपूर्ति तिर्नुपर्ने
23-June-2015

मुम्बई, असार ८ / विभिन्न हर्कतका कारण अदालत धाउदै आएका सल्मान खानलाइ फेरी अर्को मुद्धा परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०१० मा रिलिज भएको खान अभिनित फिल्म ‘विर’ का निर्माता विजय गलानीले उनी विरुद्ध २५० करोड भारतिय रुपैयाँको मानहानी र क्षतिपूर्तिको मुद्दा दायर गरेका छन्।
 
बताइएअनुसार फिल्म ‘विर’ को सुटिङ चल्दे गर्दा खान र गलानीबिच भएको सम्झौता नै यस मुद्दाको कारण हो । सन् १९९२ मा ‘सुर्यवंशी’ मा सँगै काम गरेका खानले गलानीलाई ‘विर’ बनाउन प्रस्ताव राखे । र ‘साइनिङ अमाउण्ट’ वापत सलमानलाई तुरुन्त १० करोड दिए र गलानी र खानबिच फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरे मात्र सलमानलाई १५ करोड रुपैयाँ अतिरिक्त दिने सम्झौता भएको थियो । फिल्म फ्लप भयो । गलानीले दिने भनेको पैसा दिन उनलाई  कर लागेन।
 
तर, बल्झाउनु नपर्ने मुद्दा सलमान बल्झाए र, ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एसोसिएसन’ र ‘सिने एण्ड टिभि आर्टिस्ट एसोसिएसन’ सम्म उनले मुद्दा पुर्या‍ए । त्यसपछि गलानीको विरुद्धमा ‘नन–कोअपरेसन’ को पत्र पनि जारी भयो। 
 
सोही मुद्दालाई मुकेश भट्ट नेतृत्वको निर्माता संघले गलानीको गलानीको बचाउ गर्दै ‘नन–को अपरेसन’ पत्र अवैधानिक भएको जनायो ।
 

गलानी अदालतसम्म पुगे । मुद्दा तीन वर्षसम्म लम्बिँदै गयो । र, अन्त्यमा गलानीको पक्षमा अदालतले मुद्दाको फैसला ग¥यो । र, हाल गलानीले सलमान खानका विरुद्ध मानसिक रुपमा यातना दिएको र मानहानी गरेका कारण २५० करोड रुपैयाँ तिर्नुपर्ने दाबी गरेका छन्।