कलाकार रजनी गुरुङद्धारा कुष्ठरोगीलाई सहयोग
3-October-2017

उमा आलेमगर पोखरा, १७ असोज

सामान्यतया हामीले आफ्नो जन्म दिन कसरी मनाउँछौँ ? अवश्य पनि साथीभाई वा परिवारसँग केक काटेर, रमाईलो गरेर वा कहीँ घुम्न गएर मनाउने गर्छौँ । तर यहाँ यस्ता व्यक्तित्व पनि छन् जस्ले आफ्नो जन्म दिनमा दिनदुखीलाई सहयोग गर्छन् । हो, कलाकार तथा नायिका रजनी गुरुङले मंगलबार परेको आफ्नो जन्म दिनमा कुष्ठरोगीहरुलाई खाद्यान्न सहयोग गरेकि छिन् ।

स्याङ्जा घर भई हाल पोखरा छोरेपाटन बस्ने गुरुङले नेपाल कुष्ठरोग निवारण संघ पोखरा आरोग्य आश्रम टुटुङ्गा पोखरा—१५ रहेको १४ जना वृद्धवृद्धा कुष्ठरोगीलाई खाद्यान्न सहयोग गरेकि हुन् । त्यहाँ अत्यन्तै नाजुक देखेर आफुले सहयोग गरेको गुरुङले बताईन् । अरु ठाउँमा त सहयोग गर्ने हातहरु धेरै छन् । त्यहाँ आफुले सहयोग गर्नुपर्ने आवश्यक देखेर सहयोग गरेको उनको भनाई छ । त्यहाँ रहेका कुष्ठरोगले ग्रसित वृद्धवृद्धाको अवस्था दयनिय भएकोले अरुलाई पनि सहयोगी हात फैलाउन उनले आग्रह गरेकि छिन् ।

कलाकार तथा नायिका गुरुङले गुरुङ संस्कृतिमा आधारित र नेपाली कथानक चलचित्रमा काम गरिसकेकि छिन् । उनले नेपाली सिरियल मेरी बाँस्सैमा पनि अभिनय गरेकि छिन् ।

Related Images