इण्डीयामा शाहिदको विवाह हुँदा लण्डनमा करिना दुखी
9-July-2015

एजेन्सी । पूर्व प्रेमी शाहिद कपुरको विवाहबारे बलिउड अभिनेत्री करिना कपुरले आफ्नो प्रतिक्रिया जनाएकी छिन् । हाल दिदी करिश्मा कपुरसँग लण्डनमा छुट्टि मनाइ रहेकी करिनाले एक अँग्रेजी दैनिकसँगको कुराकानीमा शाहिदको विवाह कुनै गीति नाटक नभएको बताएकी हुन् ।

 करीनाले शाहिदको विवाहमा आफूलाई निम्ता नगरेको खुलासा पनि गरिन् । मलाई यो विवाहमा निम्ता नगरिए पनि म शाहिद र मीरालाई धेरै धेरै बधाइ तथा शुभकामना दिन चाहन्छु । करिनाले भनेकी छिन्–यो मेरो लागि पनि खुशीको खबर हो । किनभने अहिले पनि शाहिद मेरो सहकर्मी हुन् । शाहिदको विवाहकै समयमा करिना लण्डनमा जानुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।

शाहिदको विवाह टार्न उनी लण्डन गएको धेरैको अनुमान छ । केही दिन पहिले करिनाले शाहिदले आफूले मीरासँग विवाह गर्न लागेको जानकारी आफूलाई दिएको बताएकी थिइन् । साथै शाहिद र मीराको विवाहको कार्ड सबैभन्दा पहिले करिनाका पति सैफअलि खानलाई दिएको खबर पनि आएको थियो ।

Events
Random Picks