सलमानसँग एउटै छतमुनी बस्दै कट्रिना
20-July-2015

बलिउडमा बार्बी गर्लको नामले चर्चित अभिनेत्री कट्रिना कैफको बेला बेला चर्चा हुने गरेका छ। यति बेला पनि उनि सल्मान खान सँगै बस्ने कुराले चर्चित छिन् । कट्रिना अब  सलमानसँग एउटै छत मुनी बस्नेछिन् । यो भनिसक्दा तपाईंमध्ये धेरैले भिन्न प्रकारले बुझ्नुभयो होला तर यहाँ विषय अर्को छ ।

वास्तवमा कट्रिना कैफ निकै चर्चित वाक्स म्युजियम ‘म्याडम तुसाद’ मा देखापर्ने भएकी छिन् ।

यो म्युजियममा पहिले नै सलमान खानसमेत अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय बच्चन, माधुरी दिक्षित, सचिन तेन्दुल्कर, करिना कपुर र ऋतिक रोशनको मूर्ती रहेको छ । यहाँ सलमान र कट्रिनाको मूर्ती एउटै छतमुनी हुनेछ तर उनीहरुबिच केहि कुराकानी भने हुनेछैन ।

कट्रिनाको लागि यो संग्रहालयमा आफ्नो मूर्ती बन्नु भनेको विशेष हो किनभने कट्रिना लण्डनमा नै पढेकी र बढेकी हुन् । आउँदो मार्च २७ मार्चमा कट्रिना कैफ म्याडम तुसादको हिस्सा बन्नेछिन् ।

म्याडम तुसादको लागि पनि कट्रिनाको मूर्ती विशेष हुनेछ किनभने उनी डान्सिङ पोजमा हुनेछिन् । जबकी धेरैजसो सेलिब्रिटीको मूर्ती उभिएको अवस्थामा रहेको छ ।

स्रोतः इन्डिया टिभी

Events
Random Picks