मेरी बासैले मेरो पहिचान “मूलाको साग” भन्ने दिलाको हो ः कलाकार सुरेन्द्र के.सी
17-December-2017


उमा आलेमगर
पोखरा, ०३ पुस

नेपाली टेलिश्रृखलाको क्षेत्रमा विगत ३२ वर्ष देखि निरन्तर लगानशी सक्रिय हुदै हास्यब्याङ्ग कलाकारका रुपमा आफुलाई देश र विदेशका दर्शक माझ चिनाउन सफल भएका कलाकार सुरेन्द्र के.सी जसलाई सबै नेपालीले “मूलाको साग” का रुपमा चिन्ने गरेकाछन् । नेपाली टेलिश्रृखलामा विशेष गरि दर्शकहरुले हास्यब्याङ्ग कालाकारलाई रुचाउने गर्दछन् । लाखौ दर्शकले रुचाएका कलाकार मध्य एक सुरेन्द्र के.सी “मूलाको साग”  पनि हुन् । 

जकसन डटकमले वर्तमान समयमा नेपाली कलाकार टिक्न र बिक्न के गर्न पर्ला भन्ने जिज्ञषा सहित जैनव खातुनले लिएको अन्तर्वाता ः
१) आज भन्दा ३२वर्ष अघि नेपाली टेलिश्रृखलामा कलाकारको रुपमा प्रवेश गर्न तपाइलाई कसले पे्रणा दियो ? 
  म यहि काठमाण्डौ सानेपाको स्थायी बासीन्दा हु । त्यो समयमा आजको जस्तो कलाकार बन्नका लागि शिक्षा लिनकै लागि भनि कलाकेन्द्रहरु पनि थिएनन् । मैले भर्ख एस.एल.सि पास गरेको थिए । आफ्नो कलाकार बन्ने रहर पुरा गर्ने आट गरे  तर मेरो बाबाले मलाई डाक्टर बनाउन चाहानु हुन्थ्यो । 
उहालाई मेरो कलाकार क्षेत्र मन परेको थिएन । उहाले भन्नु हुन्थ्यो यस क्षेत्रमा कुनै भविष्य नै छैन हेर्दा खेरी युवाहरुलाई आकर्षक लाग्न सक्छ तर यस पेशाको भरमा जिवनयापन गर्न कठिन छ ।
मैले बाबाको कुरा केहि बेर सुन्थे फेरी आफ्नो बाटो हिड्थे । मेरो एकेहोरो बानी देख्य पछि बाबाले मलाई कुट्नु हुन्थ्यो ता पनि लागि रहे । मैले सुरुवादका दिनमा  हिन्दी फिल्महरु हेर्दै कसरी कलाकार बन्ने भनि सिकेको थिए । मलाई यस क्षेत्रमा आउन म स्वयमको चाहान मात्र थियो ।
२) तपाइको विचारमा टेलिश्रृखलाको वा चलचित्रको मध्य कुनको कलाकार बन्न  सजिलो होला ?
मेरो विचारमा दुवै क्षेत्र काम गर्न सजिलो र राम्रो हुन्छ । मैले करिब २० वर्ष निकै कष्ठका साथ जिवन बिताउन परेको थियो । विगतको जस्तो दुख छैन यहिले कलाकारलाई ठुलो पर्दा होस् वा सानो पर्दा पारिश्रमिक राम्रो छ । 
अहिले राम्रा कलाकारको लागि अवसर र दाम दुवै रहेको छ । विदेशको कार्यक्रमा कलाकारको राम्रो कमाइ हुदै आएको छ । विदेश कार्यक्रममा जादा सबै खर्च आयोजकले नै व्यहोरने हुदा आफ्नो खर्च हुर्दैन, दर्शकहरुले माया गर्छन् । कम्तिमा पनि ५देखि ६लाख कमाइन्छ । 
चलिचित्रमा पनि राम्रो नै छ । एउटा चलचित्रमा काम गर्न कलाकारले ४५देखि ५० दिन दिए पुग्छ । अहिले चलिचित्रका  कलाकारले ५÷६लाख कमाउने छन् । 

३) तपाइलाई सुरेन्द्र के.सी “मूलाको साग” भन्ने पहिचान मेरी बासैले दिएता पनि तपाइ अहिलो त्यहा हुन्नु, अब कहिले मेरी बासैमा देख्न पाइएला ?
  मैले सुरुवामा नेपाली टेलिश्रृखला महजोडीको साथमा लालपुजामा जग्गा दलालको रुपमा काम गरेको थिए । मेरी बासैले मेरो “मूलाको साग”  भन्ने पहिचान दिलाको हो । मेले मेरी बासै छाड्नुको कारण आर्थिक र नयापन नहुनु नै हो । एउटै अभिनय, एउटै शैलिको कपडा लगाइ खेतको एउटा कल्लाबाट अर्को हिड्दै कति हिड्नु नया शैलिमा पनि जान परेयो नि । 
मलाई मेरी बासैमा बोलाइ रहनु भएको छ तर नया अभिनय र उहि पहिलाको टिम भयो भने विचार गर्ने छु ।
४) अहिले तपाइको व्यस्तता कस्तो रहेको छ ? 
  यति खेरा बिक्रे फेल, हरके हवल्दार र माइकल ज्याक्सन टेलिश्रृखलामा नै व्यस्त रहेको छु । माइकल ज्याक्सन आधुनीक शैलिमा पनि दर्शकहरुलाई मनोरञ्जन दिन सकिन्छ भन्ने उद्धेश्यका साथ आफैले निर्देशन गरेको छु ।
 विदेशमा रहेका दर्शकहरुले नेपाली टेलिश्रृखलामा नयापन आउन सक्यन भन्दै गुनासो गर्दै आएका थिए । माइकल ज्याक्सनले दर्शकलाई पक्कै नयापन दिने छ ।

५) नेपाली कलाकारलाई राज्यले के के गरि दिनु पर्ला ?
   राज्यलाई के भन्ने जसको कुनै अर्थ नै छैन । राज्यले राज्यलाई नै समालन  सकि रहेको अवस्था छैन । वर्ष देखि सडक फुटेको छन्, सडक मर्मतका लागि बजेट भएता पनि सरकारले बनाउन सकि रहेको छैन् । अचानक कलाकार बिमारी हुदा हामी कलाकारहरुले नै आपसी सहयोग र दर्शकहरुको माया साथै आर्थिक  सहयोगमा नै निर्भर रहदै आएकाछौ । 
 ६) नया कलाकारले यस क्षेत्रमा आउन के गर्न पर्छ ?
    नया कलाकारले शिप र शिक्षा लिएर आउनु पर्छ । विगतमा जस्तो छैन । अब कलकार बन्नका लागि हरेक विधामा पोक्त हुन आवश्यक छ । नेपाली कलाकारहरु नेपालमा मात्र सिमित रहेका छैन् । नया कलाकार बन्न चाहाने भाइ बहीनीहरुले  शिक्षाका साथ अनुशासन रहन पनि आवश्यक देख्छु । 
  ७) तपाइले वितग र वर्तमानलाई कसरी हर्दै हुनु हुन्छ ?
मेरो कलाकार क्षेत्रलाई हेर्दा ३२वर्ष पुगेछ । मेरो विगत २०वर्ष दुखद् रहेयो । मसंग मेरा बाबा आमा देखि छोरा छोरी कोहि खुसि थिएनन् । कलाकार भए पनि राम्रो कमाइ थिएन । परिवार चलाउन धेरै गाह्रो भएको थियो । तर यहिले समय फेरीएको छ । कलाकार भए पनि राम्रो कमाइ छ । परिवार चलाउन दुख छैन । 
आज मेरो बाबा र छोरा छोरी सबै खुसीछन् । आर्थिक आर्य पनि राम्रो छ । मलाई यहा सम्म आइ पुग्दा मेरो यात्रामा सहयोग गर्ने महजोडी, दमन रुपखेती जसले मलाइ “मूलाको साग”  भन्ने नाम दिएका थिए । उहाहरु सबैलाई सम्झिन चाहन्छु ।