बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन’ सार्वजनिक
9-May-2018


जक्सन डट कम 
बैशाख २६, पोखरा ।

युटुबको डिजिटल जादुले विश्वभरका नेपालीहरु माझ चर्चित बनेका  बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ । बालगायक दर्जी गीत रिलिज गर्न प्लेन चढेर झापाबाट काठमाडौं आएका थिए ।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् ।

 

Write a Comment

Events
Random Picks