मह जोेडीको शत्रुगतेले राजधानीमा मनायो : ५१ दिन
13-May-2018

जक्सन डटकम 
बैशाख ३०, पोखरा
सन्तोष बस्याल 
नेपालका चर्चित हास्य जोडी जस्लाई महजोडीको रुपमा परिचय गरिन्छ । 
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र “शत्रु गते” ले राजधानीका आधा दर्जन हलहरुमा प्रर्दशनको ५१ दिन पुरा गरेको खुशियालीमा शनिबार फिल्मका कलाकार,प्राविधिक ,हल सञ्चालक ,वितरक र सञ्चारकर्मीलाई ट्रफि र सम्मान पत्र  सहित सम्मानित गरिएको छ  । 
राजधानीको गोपिकृष्ण ,अष्टनारायण ,गुण,क्युएफएक्स ,बिग मुभिज ,सिटीम्याक्स , बाराही लगायतका हलहरुमा ५१ दिन मनाएको फिल्मको हाल सम्मको ग्रस कलेक्सन १३ करोड पुग्ने हलवाला र वितरकको भनाई छ  । चलचित्रका निर्माता किरण केसी भने फिल्मको व्यापारको विषयमा खुलेनन् । छक्का पञ्जा र छक्का पञ्जा २ पछि सर्वाधिक ग्रस कलेक्सनको ट्याग पाएको शत्रुगतेको गौरवमय ५१ दिने कार्यक्रममा बसुन्धारा भुषाल ,शिवहरि पौडेल ,रमेश रञ्जन झा ,प्रियंका कार्की ,आचँल शर्मा लगायतका कलाकारको उपस्थिति थियो । 
फिल्मका अभिनेता पल शाह भने राजधानी भन्दा बाहिर भएकाले उपस्थित थिएनन् । दिपकराज गिरी र दिपाश्री निरौला पनि छक्का पञ्जा ३ को छायांकनमा व्यस्त भएकोले कार्यक्रममा नआएको शत्रुगते टिमले जानकारी गरायो । ललितपुरको इमाडोलमा आयोजना गरिएको  रात्रीभोज सहितको कार्यक्रमामा अभिनेता दिलिप रायमाझीले भने चलचित्रको सर्वाधिक रुचाईएको गीत रुपै मोहनी मा आफ्नो आर्कषक नित्र्य मार्फत मनोरञ्जन गराएका थिए ।

 

Write a Comment