'अमेरिका ब्वाईज' फिल्मको ट्रेलर सार्वजनिक
15-May-2018

जक्सन डटकम
जेष्ठ १, पोखरा
कमेडी जान्रामा बनेको फिल्म ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा तीन पात्रहरुको कथालाई देखाईएको छ ।
फिल्मको ट्रेलर हेर्दा अमेरिकाको डीभी परेको भनी परिवारलाई ढाँटेर नेपालमै मस्ती गर्ने ३ यूवाको कथा बोल्छ । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अर्पण थापा, सुनिल थापा, कामेश्वर चौरासिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । प्रवेश पौडेलको निर्देशनमा बनेको चलचित्रलाई प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेका हुन् । चलचित्र जेठ १८ गते प्रदर्शनको तयारीमा छ ।

 

Write a Comment

Events
Random Picks