
जक्सन डटकम
जेष्ठ ११, पोखरा
आमा र छोराको सम्बन्धमा थुप्रै स्वदेशी तथा बिदेशी चलचित्रहरु निर्माण भएका छन् । तर पनि दर्शकहरुलाई केहि भिन्न स्वाद चखाउने प्रतिबदत्ता सहित निर्माता सन्तोष सेन आफ्नो चौथौं चलचित्र निर्माण गर्ने तैयारीमा जुटिसकेका छन् । आफुले निर्माण गरेको चलचित्रलार्इ स्तरीय बनाउन कुनै कमि नछाड्ने निर्माता सेनको नँया चलचित्रमा अब उनकै ६ बर्षीय छोरा आयुब सेन प्रमुख कलाकार रहने भएका छन् ।
बाल मनोविज्ञानको बिषयमा नेपालमा धेरै नै कम चलचित्रहरु निर्माण हुने भएकाले पनि गत बर्ष “प्रेम गीत २” जस्तो सफल चलचित्र निर्माण गरेका सन्तोष सेनले ६ बर्षिय बालक र उसको आमाको एउटा मौलिक र मार्मिक कथालाई पर्दामा उतार्न खोजेका हुन् ।यो प्रोजेक्टको लागि चलचित्रको पहिलो चरण अर्थात स्क्रिप्ट देखि नै चलचित्रलार्इ स्तरीय बनाउन कुनै कसर बाकि नछाडेका निर्माता सेन चलचित्रको सानो भन्दा सानो पक्षलार्इ बिशेष महत्व र प्राथमिकता दिने नेपालका थोरै निर्माताहरु मध्य एक हुन् ।
यस फ्यामिली ड्रामाको अहिले गीत रेकर्डिग कार्य चलिरहेको छ । निर्देशक र अरु पात्रहरुको नाम अहिले सम्म सार्वजनिक नगरिएको यो चलचित्रको पात्र अनुसार आफ्नो ६ बर्षिय छोरालाई तैयार पार्न निर्माता सन्तोष सेनले आफ्नो सुपुत्रलार्इ ६ महिना देखि मण्डला थिएटरमा तालिम प्रदान गराईरहेको छन् ।