विश्वभरका जुडुवाहरुको मेला (फोटोफिचर)
12-August-2015

(एजन्सी) विश्वभरका जुडुवाहरु अमेरिकाको ट्वीन्सबर्ग ओहायोमा जम्मा भएका छन् । जुडुवाहरुको सबैभन्दा ठूलो समारोह मानिएको यस वार्षिक कार्यक्रममा विश्वभरका २ हजारभन्दा बढी जुडुवाहरु आउनेछन् । यस वर्ष कार्यक्रमको ४० औं वर्षगाँठ माउन गइरहेको छ । यस कार्यक्रमको शुरुवात सन् १९७५ मा भएको थियो ।