‘वीराङ्गना’को दोस्रो गीत ‘मायामा बियर परेपछि’ सार्वजनिक
10-June-2018

जक्सन डटकम
पोखरा, जेठ २७ 

नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईको फिचर रहेको चलचित्र ‘वीराङ्गना’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिम्रो हाम्रो मायामा’ बोलको गीत आइतबार युट्युवमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दीपक शर्माको सङ्गीत, रघु परियारको शब्द रहेको छ भने कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ । गीतको भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी, रामेश्वर कार्कीको छायाङ्कन रहेको छ ।
असार २९ गतेबाट प्रदर्शनमा आउने तयारी गरेको फिल्ममो राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चाम्लिङ राई यसकी सह निर्माता हुन् । नारी प्रधान एक्सन लभ जनरामा निर्माण भएको चलचित्रमा शिल्पा र पृथ्वीको साथमा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

Write a Comment

Events
Random Picks