अनमोलको नयाँ फिल्मको नाम 'ब्याचलर बन्टी' राखियो
10-June-2018

जक्सन डटकम 
पोखरा, जेठ २७ 

अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिक तिरेर अनुबन्धित गरिएको र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम जुराइएको छ। फिल्मको नाम 'ब्याचलर बन्टी' राखिएको छ।
हाललाई अनमोल मात्र फाइनल गरिएको फिल्मका लागि नायिकाको खोजी भइरहेको छ।
प्रदीप भारद्वाजले लेखन रहेको फिल्म फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ ।
चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्नेछ। अनमोल हाम आफ्नो होम प्रोडक्सनमा निर्माण भइरहेको क्यापटेन फिल्मको सुटिङमा व्यस्त रहेका छन्। फिल्म धमाधम मुस्ताङमा छायाँकन चलिरहेको छ।

Write a Comment