नयाँ फिल्म 'सामे स्क्वायर' को ट्रेलरमा विक्रम यस्तो अवतरण (भिडियोसहित)
10-June-2018

जक्सन डटकम 
पोखरा, जेठ २७ 

तमिल सुपरस्टार चियान विक्रम अभिनित ुसामे स्क्वायरुको ट्रेलर रिलिज भएको छ। फिल्म सन २००३ मा रिलिज भएको सुपरहिट फिल्म ुसामेुको सिक्वल हो।
आइतबार फिल्मको ट्रेलर रिलिज गरिएको हो। फिल्मलाई हरिले निर्देशन गरेका हुन्।
फिल्ममा विक्रम पुलिस अधिकारीको भूमिकामा देखिएका छन्। फिल्ममा उनका अलावा कीर्ति सुरेश, प्रभु गनेशन, बबी सिम्हा आदिको मूख्य भूमिका रहेको छ।
फिल्मको सुटिङ नेपालमा समेत भएको छ तर काठमाडौंमा छायाँकन गरिएको दृश्य भने ट्रेलरमा अटाएको छैन्।

Write a Comment