गायिका तुलसी क्षेत्रीको व्यस्तता बढ्दै
11-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ २८

लोक दोहोरी गायिका तुलसी क्षेत्रीको व्यस्तता बढ्दै गएको छ । वि.स.२०६८ मा ‘वैश जोवनमै’ गीत बजारमा ल्याएर साँगीतिक क्षेत्रमा आएकी क्षेत्रीले हालसम्म दुई दर्जन गीतमा आवाज भरेकी छन् । 

यतिबेला तीज गीतको तयारीमा उनी छन् । मेला महोत्सव र विदेशका कार्यक्रममा समेत उनी व्यस्त हुन थालेकी छन् । हालसम्म हङकङ, थाइल्याण्ड, कतार, सिंगापुर सहित युरोपका केहि देशमा पुगेर आफ्नो प्रस्तुती राखिसकेकी छन् । गीत गाउने मात्र हैन उनले अभिनय समेत गर्छिन् । उनले दुई नेपाली ठुलो पर्दाका चलचित्रमा समेत अभिनय गरेकी छन् । 

उनका ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिड’, ‘जवानीले मागेको कुरा’, ‘सम्झना छैन, ‘के मा बस्यो मोहनी’ ‘दिल भित्र चित्र’ लगायतका गीत चर्चामा छन् ।  आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने लगायतका गीतको म्युजिक भिडियोमा उनी मोडलको रुपमा देखिएकी थिइन् ।  पोखराबाट निर्माण भएको टेलिफिल्ममा समेत उनले अभिनय गरिन् । उनी लोक दोहोरी गीत प्रतिष्ठान कास्कीकी कोषाध्यक्ष हुन् ।

 दर्शक श्रोताकोमाग अनुसारका साँगीतिक कोसेली पस्कदै निरन्तर साँगीतिक यात्रा अगाडी बढाउने उनको तयारी छ । कास्कीको लाहाचोकमा पिता चन्द्रबहादुर र माता जमुना जिसीको पाँचौ सन्तानको रुपमा क्षेत्रीको जन्म भएको हो । 

 

Write a Comment

Events
Random Picks