निकको भार्इको बिहेमा प्रियंका-निक एकअर्काको हात समाउँदै पुगे
12-June-2018

जक्सन डटकम
पोखरा, जेष्ठ २९
बलिउड हुँदै हलिउड सम्म आफ्नो प्रभाव जमाउन सफल नायिका प्रियंका चोपडा अहिले नयाँ प्रेमीको कारण चर्चामा  छिन् ।प्रियंका सार्बजनिक एक भिडियोमा निक जोनसका साथमासंगै देखिएपछि उनीहरूको सम्बन्धबारे अहिले चर्चा परिचर्चा भइरहेकोछ । पछिल्लो समय प्रियंका सिंगल रहेको र भनेजस्तो केटा भेटीए विवाह गर्न तयार रहेको खवरहरु आइरहँदा प्रियंका हलिउड अभिनेता तथा गायक निकसँग विभिन्न कार्यक्रममा लगातार भेटीनुले दुई बिच प्रेम सम्बन्ध रहेको सहजै अनुमान लगाउन सकिन्छ । हालै  प्रियंका चोपडा र  निक जोनसका केहि तस्विरहरू भाइरल भएका छन् उक्त तस्विरहरू निकको भार्इको बिहेको रहेको छ । प्रियंका निकका साथमा उनको कजन भार्इको बिहेमा पुगेकी छिन् । तस्विरहरूमा प्रियंका र निक एक अर्काको हात समाएरसंगै हिडेको देखिएको छ । यसभन्दा पहिला उनीहरू एकसाथ न्यूयोर्क एयरपोर्टमा पनि संगै देखिएका थिए भने एक होटलमा पनि संगै डिनर गरिरहेको अवस्थामा समेत भेटिएको भनेर भारतीय मिडियमहरूमा उल्लेख गरीएको छ । यसअनुसार प्रियंकाले आफू दुइ जना राम्रो साथीमात्र रहेको भन्दै आएपनि यो नाता साथीको नातामात्र नभएर साथीभन्दा केहि माथी रहेको भन्ने बुझिन्छ ।

Write a Comment