फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ को प्रचार टोली पोखरामा
12-June-2018


जक्सन डटकम
पोखरा, जेष्ठ २९
असार ८ गतेदेखि नेपालभरी  प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ को प्रचार टोली पोखरा मा आइपुगेको छ । 
चलचित्रका निर्माता डालचन्द्र दवाडीले विदेशी फिल्मलाई मात्र नभई नेपाली फिल्म र नेपाली निर्मातालाई पनि माया र सहयोग गर्न आग्रह गरेका छन् । फिल्म मनोरजनात्म र राम्रो रहेको बताएका छन् । 
झन्डै डेढ करोड लागतमा बनेको फिल्मको सुटिङ पोखरा,  काठमाडौं, मुस्ताङ लगायतका रमणीय ठाउँहरुमा सुटिङ गरिएको कार्यकारी निर्माता प्रकाश बास्कोटाले जानकारी दिए ।
विकास बस्यालले निर्देशन गरेको फिल्ममा मलिना जोशी, तमन्ना के।सी, मनिष सुन्दर श्रेष्ठ, स्वरुप ढकाल लगायतको कलाकारहरु रहेका छन।  । तमन्ना के.सी को  यो डेब्यू फिल्म रहेको छ  ।
फिल्ममा पोखरेली स्थानीय कलाकार धिरज सुनारको पनि अभिनय रहेको छ । मदन दवाडी र हरिप्रसाद अधिकारी फिल्मका निर्माता हुन भने विना कार्की सहनिर्मात्री हुन् ।
‘फिल्म लाई जनता समक्ष पु¥याउन सजिलो बनाउने उद्देश्यले फिल्मको टोलीले आज पे्स मिट आयोजना गरेको थियो ।

 

Write a Comment