विश्व संगीत दिवसमा स्रष्टा सम्मानित
22-June-2018


जक्सन डटकम
पोखरा, असार ८
पोखरामा विहीबार विश्व संगीत दिवस — २०७५ सम्पन्न भएको छ । उत्तरी गोलार्धको सबै भन्दा लामो दिन जुुन २१ विश्व संगीत दिवसको अवसर पारि पोखराका १७ वाङमयिक संस्थाहरु मध्य स्टार स्टुडियो न्युरोडको मुख्य आयोजना र अरु १६ वटा संस्थाहरुको सह— आयोजनामा उक्त दिवस मनाईएको हो । २०६० साल देखि कवि संस्कृतिकर्मी तिर्थ श्रेष्ठको पहलमा पोखरामा सुरुवात गरिएको उक्त दिवस निरन्तर रुपमा सञ्चालन भर्ईराखेको छ । विश्व संगीत दिवसमा गायक संगीतकार रामभक्त जोजिजु ,कर्ण दास र नृत्य निर्देशक गम्भिर बर्देवालाई दोसल्ला सम्मान पत्र सहित सम्मान गरियो । यस्तै २०६६ सालदेखि हरेक वर्ष प्रदान गर्दै आईराखेको जोजिजु म्युजिक स्कुुलबाट स्थापित विश्व संगीत प्रोत्साहन पुरस्कार रु । ५५५५ बाट संगीतकर्मी रोम तामाङ सम्मानित भए । पोखरा उद्योग बाणिज्य सघंको हलमा सम्पन्न भएको कार्यक्रममा प्राज्ञ तिर्थ श्रेष्ठले पोखराका वाङमयिक संस्थाहरु एकजुट भई विश्व संगीत दिवस मनाईरहदाँ कार्यक्रमको टे«न सधैं एउटै पकृतिको नराखी यसलाई समयसमयमा परिवर्तन गर्नुपर्ने बताए । ‘अब हामी प्रादेशिक संरचनामा छौ ,सरकार हाम्रै घरआगनमै छ ,केवल विश्वसंगीत दिवसमा मात्र हैन सबै संस्था मिलेर सम्पुर्ण प्रदेश ४ को संस्कृति झल्किने कार्यक्रम सरकारको समन्वयमा गर्न आफुले पहल गर्ने ’ उनले भने । कार्यक्रममा १७ वटा वाङमयिक संस्थाहरु स्टार्स स्टुडियो ,पोख्रली युवा सांस्कृतिक परिवार ,संगीत प्रशिक्षण केन्द्र ,हिमाली सांस्कृतिक परिवार ,राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान कास्की ,झिंगु भाय झिंगु संस्कृति पुच ,सप्तरङगी सांस्कृतिक प्रतिष्ठान ,अनुशीलन कला पाठशाला ,अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान ,जोजिजु म्युजिक स्कुल,पोखरा लोक संगीत समूह ,तराना म्युजिक सेन्टर ,भक्ति संगीत प्रतिष्ठान ,त्रिवेणी सङ्गीतालय , ,सांगीतिक कलाकार संघ नेपाल कास्की ,गुरुकुल सङ्गीत प्रशिक्षण केन्द्र र आदर्श कला केन्द्रले आ—आफ्नो छुट्टा छुट्टै प्रस्तुति राखेका थिए । यस्तै सम्मानित कलाकार गायक रामभक्त जोजिजुले पनि आफ्नो प्रस्तुति राखेका थिए । सन् १९७६ मा अमेरिकी नागरिक जोल कोहनले परिकल्पना गरि फ्रान्सको संस्कृति मन्त्रालयका संगीत तथा नृत्य निर्देशक मौरिस फ्लरेटले सन् १९८१ मा फ्रान्स सरकारलाई प्रस्ताव पेश गरेपछि संस्कृति मन्त्री ज्याक लङगको अगुवाईमा सन् १९८२ देखि विश्व संगीत दिवस मनाउन थालिएको ईतिहास छ । हाल विश्वमा १२० भन्दा बढि राष्ट्रका सात सय भन्दा बढि सहरहरुमा मनाईने विश्व संगीत दिवस नेपालमा भने वि।सं २०५५ सालबाट मनाउन थालिएको हो ।

 

Write a Comment