खुल्लम खुला प्रेममा आलिया र रणवीर
27-June-2018


जक्सन डटकम 
पोखरा, असार १३ 
बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर गहिरो प्रेम सम्बन्धमा छन् । उनीहरू आजभोलि खुलेरै डेटमा रमाइरहेका छन् । केही समयअघि हात समातेर सोनम कपुरको विवाह पार्टीमा उपस्थित हुँदा धेरैको नजर यो जोडिमाथि सोझियो । 
केही हप्ताअघि मात्र एक कार्यक्रममा उपस्थित भएकी आलियालाई पत्रकारले प्रश्न सोध्दा उनी लाजले रातो पिरो भइन् र आफ्नो अनुहार दुवै हातले छोपिन् । रणवीरले आलियासँगको सम्बन्धका बारेमा अहिलेसम्म खासै केही बताएका छैनन् । 
अघिल्लो साता मात्र उनलाई आलिया र तपाईंबीचको सम्बन्ध के हो भनेर सोधियो । उनले यो प्रश्नको जवाफ दिन चाहेनन् । रणवीरले भने, बाहिर जेसुकै हल्ला होस्, तर म केही बोल्दिनँ । हामीले कुल बस्नुपर्छ, अन्यथा कुरा डढेलो जस्तो फैलन्छ । 
आलिया यसअघि सिद्धार्थ मल्होत्रासँग सम्बन्धमा थिइन् भने रणविर कैटरिना कैफसँगको सम्बन्धमा थिए ।

 

Write a Comment