स्वरुप क्षेत्रीको सुसाइड सङ रिलिज,आफ्नै जन्मदिनमा उपचारको क्रममा निधन ।।
2-July-2018


जक्सन डटकम
पोखरा, असार १८ 
गायक, गीतकार तथा संगीतकार स्वरूप क्षेत्री द्वारा करिब ९ बर्ष अघि लेखिएको र ५ बर्ष अघि कम्पोज गरिएको गीत अन्तिम गीतको म्युजिक भिडियो आज हाइलाइट्स म्युजिकको युटुब च्यानल बाट रिलिज भएको छ। यस गीतलाई सुसाइड सङ पनि भनेर सम्बोधन गरिएको छ। स्वरूप क्षेत्रीको अन्तिम गीत मा आवाज गायक तथा संगीतकार साथै खोजी प्रतिभाको २ को बिजेता र रेडियो नेपाल द्वारा आयोजित गायन प्रतियोगिताका बिजेता सि।डि बिजय अधिकारीको रहेको छ, गीतमा शब्दरसंगीत स्वरूप क्षेत्रीको रहेको छ भने गीतलाई संगीत संम्योजन राजु कार्कीले गरेका हुन।गीतको सम्पुर्ण रेकर्डिङ कार्य काठमाडौ स्थित ओपल रेकर्डिङमा भएको हो। स्वरूप क्षेत्रीले आफ्नै जन्मोत्सवको पावन अबसरमा यस गीतको म्युजिक भिडियो रिलिज गरेका हुन। गायक क्षेत्रीका अनुसार उनले यो गीत एक बर्ष अघि तयार भएको र आफ्नै जन्मदिनमा यस मरण गीतलाई रिलिज गर्ने मनोसायले १ बर्ष प्रतीक्षा गरेको बताउनुभयो। यस म्युजिक भिडियोमा स्वरूप र दिपसना थापा मगरको अभिनय देख्न सकिनेछ।। अतिनै मार्मिक कारुणिक यस म्युजिक भिडियो हेरेर हरेकका आँखा रसाउनेछ। भिडियोमा छायांकन र सम्पादन महेन्द्र पराजुलीको रहेको छ भने यस म्युजिक भिडियोमा कथारनिर्देशन स्वयम् स्वरूप क्षेत्रीको रहेको छ। यस अघि स्वरूपका ६ वटा अफिसियल गीत रिलिज भइसकेका छन जसमा कागजका पैसा, काश तिमी हुन्थ्यौ भने, कुहिरो भित्रको माया, जिन्दगानी जिन्दगानी नै हो, कहाँ सोचे र सायदै नामक रहेका छन। र यो उनको सातौ गीत रहेको छ। स्वरूप द्वारा निर्मित र अभिनित कागजका पैसा, याद नै काफी छ र सम वान्स लभ चलचित्र पनि युटुबमा हेर्न सकिनेछ ।। स्वरूपले धेरै बिधामा काम गर्दै आएका छन। गायक , संगीतकार, गीतकार, रेडियो जर्नलिस्ट, डाइरेक्टर, क्यामारामेन, भिडियो इडिटर, कथाकार र चलचित्र निर्माणमा पनि उहाँको हात रहेको छ। अन्तमा म्युजिक भिडियोले दर्शकले मन पराउनेछन भन्नेमा बिस्वस्त रहेको उहाँले बताउनुभयो ।
भिडियो हेर्नुहोस 

 

Write a Comment

Events
Random Picks