प्रियंकाको आक्रोश- ‘मेरो अनुहार यूज गरेर खाउ’
3-July-2018

जक्सन डटकम 
पोखरा, असार १९ 
नायिका प्रियंका कार्कीको सामाजिक संजाल हेर्ने हो भने उनलाई विश्वकपको रौनक खुबै लागेको छ । हरेक टिमको खेल शैलीको बर्णन गर्नदेखि उनीहरुको गोलको अपडेट उनले गरिरहेकी हुन्छिन् ।
आइतबार बेलुकी स्पेन र रसियाविच भएको दोश्रो चरणको खेलमाप्रियंकाले स्पेनको समर्थन गरेकी थिइन् । उनी, स्पेनिस टिमको फ्यान हुन् ।
आफ्नो कुकुरलाई समेत स्पेनको टिसर्ट लगाइदिएर उनले टिमको समर्थन गरिन् । तर, स्पेनले पेनाल्टी सुटआउटमा आयोजक राष्ट्र रसियासँग हार्योश र प्रियंका निराश भइन् ।
सो हारपछि प्रियंकाको तस्बिर राख्दै एक ट्रोल ग्रुपले ‘पी फर प्रियंका, पी फर पनौती’ भन्दै ट्रोल बनायो । यो ट्रोलमा आक्रोश पोख्दै प्रियंकाले कमेन्टमा लेखेकी छिन्-‘आधा नेपाल नै पनौती होला नी मेस्सी र रोनाल्डो घर गएपछि त । आज ब्राजिल पनि गयो भने त पुरै नेपाल नै पनौती होला, कि कसो ? कति हाँस्नु ? कती चर्चित बनाउँछौ हो मलाई रु कति यूज गर्ने मेरो अनुहार, ट्रोल बिकाउन रु ल ल गरी खाउ ।’

Write a Comment

Events
Random Picks