मेगा मोडल काठमाडौ अडिसन : दोश्रो दिनमा १७ जना सर्ट लिस्टेड
15-August-2015

जक्सन डटकम, साउन ३० । मोडलिङमा इच्छुक देशका विभिन्न ठाउंमा रहेका युवतीहरुलाइ प्ल्याटफर्म दिने ध्येयले गत दुइ बर्षदेखी सञ्चालन हुँदै आइरहेको इभेन्ट मिगमी मेगा मोडल सिजन थ्रिको काठमाडौ अडिसनको दोश्रो दिन शुक्रबार १७ जाना सर्ट लिस्टमा परेका छन् । पोखरा लगायत देशैभरबाट लिस्टेड भएका मध्ये १०० जानाको आज काठमाडौमा अडिसन लिइएको थियो ।अब साउन ३१ गते हुने अडिसनले थप प्रतियोगीहरु चुन्नेछ । 

अघिल्ला सिजनहरुमा भन्दा पनि यो सिजनमा युवतिहरुको उत्साहाजनक सहभागीता रहेको थियो । प्रतियोगीको क्याटवाक, लुुक्स, हाइट, बोलीचोली, प्रतिभालाई आधार बनाएर अडिसन लिइएको हो । मोफसलमा रहेर मोडलिङ गर्दैआएकाहरुको पहुंच होस् भन्ने हेतुले इमेल च्यानलले तेस्रो संस्करणको आयोजना गरिएको हो ।

अडिसनको निर्णायकमा चर्चित फेशन कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर किशोर कायस्थ, र मिस नेपाल सृष्टि श्रेष्ठ थिए । अडिसनपछि २५ सातासम्म निरन्तर रुपमा टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रम संयोजक रंजन अधिकारीले जानकारी दिए । मिगमी सिजन–थ्रिकोे उपाधि विजेताले २ लाख नगदसहित बैंकक टुर पाउने छ ।

इभेन्टको अनलाइन मिडिया पार्टनरको रुपमा जक्सन डटकम रहेको छ। 

 

Related Images

Write a Comment

Events
Random Picks