मल्लिका भन्छिन्: ‘अभिनेताले भनेको नमान्दा फिल्मबाटै निकालिएँ’
5-July-2018


जक्सन डटकम 
पोखरा, असार २१
बलिउड अभिनेत्री मल्लिका शेरावत बोल्ड अवतारले मिडियामा चर्चाको विषय बन्ने गर्छिन् । फिल्म ‘मर्डर’ र ‘प्यार के साइड इफेक्ट’ जस्ता फिल्ममा काम गरिसकेकी मल्लिका जति बोल्ड अवतारका लागि परिचित छिन् त्यति नै आफ्ना कुरा बिना कुनै संकोच राख्ने अभिनेत्रीको रुपमा परिचित छिन् ।
मल्लिकाले कास्टिङ काउचका सम्बन्धमा आफ्नो अनुभव बारे खुलेर कुरा गरेकी छिन् । एक अन्तरवार्ताका क्रममा मल्लिकाले खुलासा गरेकी छिन् की कसरी उनलाई फिल्मबाट निकालिएको थियो । सहकर्मी अभिनेताको नजिक हुनुपर्ने प्रस्तावलाई अस्वीकार गर्नु नै फिल्मबाट बाहिर निकालिनुको कारण हो ।
मल्लिकाले भनेकी छिन् ‘मलाई एक प्रोजेक्टबाट यस कारण निकालिएको थियो कि म सँग काम गर्ने अभिनेताले मलाई भनेका थिए ‘तिमी मसँग किन नजिक हुँदिनौ रु अनस्क्रिनमा तिमीलाई बोल्ड सिन दिन अप्ठ्यारो हुँदैन भने मसँग अफ स्क्रिनमा यो सब गर्न किन अप्ठ्यारो रु’
यस्तै कारण अन्य कयौं फिल्महरु पनि हातबाट फुत्किएको उनले बताएकी छिन् । उनले भनेकी छिन् ‘अधिकांश पुरुषहरु हामीले फिल्ममा जस्तो चरित्र निर्वाह गरेका हुन्छौं त्यसको आधारमा हामीलाई जज गर्छन । यदि तपाई छोटो लुगा लगाउनुहुन्छ, वा क्यामेरामा अभिनेतासँग अन्तरंग दृष्य दिनुहुन्छ भने त्यसलाई एक तल्लो स्तरको महिलाको रुपमा हेर्ने गरिन्छ । उनीहरुको नजरमा त्यसपछि हाम्रो कुनै मूल्य हुदैन । यही बेला पुरुषहरु हामीसँग फाइदा लिने कोसिसमा रहन्छन् । मलाई कयौं पटक निर्देशकहरुले फोन गरेर बिहानको ३ बजे भेट्न बोलाउँथे ।’
उनी भन्छिन् ‘मैले फिल्ममा बोल्ड सिन दिएकी छु । तर म कहिलेपनि यस किसिमका प्रस्तावहरुसँग सम्झौता गर्दिनँ ।’ उनले यस किसिमका घटना बलिउडमा सामान्य रहेको पनि बताएकी छिन् ।  
मल्लिका शेरावतले कयौं बलिउड फिल्ममा काम गरिसकेकी छिन् । उनले ‘मर्डर’, ‘प्यार के साइड इफेक्ट’, ‘हिस्स’ ‘डबल धमाल’, जस्ता फिल्ममा काम गरेकी छिन् । सन २०१५ मा प्रदर्शन भएको फिल्म ‘डर्टी पोलिटिक्स’ पछि उनले बलिउडको कुनै फिल्ममा काम गरेकी छैनन् ।   

 

Write a Comment

Events
Random Picks