'जय शम्भु' टिजरमा अनुप र प्रशान्त , को भन्दा को कम !
6-July-2018

प्रशान्त ताम्राकार, अनुप विक्रम शाही तथा वर्षा शिवाकोटी स्टारर फिल्म ‘जय शम्भु’ को 'एक्सन-प्याक' टिजर सार्वजनिक भैसकेको छ । 

टिजरमा दुई कलाकार प्रशान्त ताम्राकार र अनुप विक्रमको दमदार एक्सनलाई बिशेष महत्व दिईएको छ । 

फिल्म भदौ १ गते रिलिज हुनेछ।

फिल्मका निर्देशक रुपेश तामाङ हुन्। फिल्ममा अनुप, प्रशान्त तथा वर्षाका अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ ।

 फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ का निर्मातामा अरविन्द्र शाक्य हुन् । 

Write a Comment

Events
Random Picks