सूर्य तातो कि गरिमा ?
7-July-2018

जक्सन डटकम  
पोखरा, असार २३ 

फिल्म क्षेत्रकी  चिसी अभिनेत्री गरिमा पन्त बिहेपछि तातो बनेकी छन् । गरिमा पन्त मिडियामा, फिल्ममा काम गर्दा त्यती छाउने गर्थिनन् होला, जति बिहे गरेर बेल्जियम पुगेपछि छाउने गरेकी छन् ।
हरि थपलियासँग बिहे गरेर बेल्जियममै रहन थालेकी गरिमा फिल्मी वृत्तबाट त टाढा छिन् । तर, उनको दिनचर्या फेरिएको छ । गरिमा पन्त तीनै हिरोइन हुन्, जसले झोलामा सतीप्रथाको अभिनय गरेर उत्कृष्ट अभिनेत्रीको अवार्ड थापेकी थिइन् ।
फिल्म त छाडौ, फोटोसुटमा पनि गरिमाले ग्ल्यामर पहिरन लगाइनन् । तर, हरि थपलियासँग बिहे गरेर बेल्जियममै भुलेकी गरिमा हिजोआज आफ्नो हट परिवर्तनलाई सूर्यसँग तुलना गर्न थालेकी छन् । उनले इन्स्ट्राग्राममा लेखेकी छन्–‘सूर्यमा आराम गर्दै, जब सूर्य त्यती तातो हुँदैन ।’
गरिमाले सूर्यको तातो भन्दा आफ्नो ग्ल्यामर बढी तातो भएको भन्न खोजेकी हुन् र ? किनकी, उनको स्टाइल र कपडा सूर्यको तातो भन्दा अझै हट देखिएको छ । गरिमाले, आफ्नो खुशी नै आफ्नो श्रीमान् भएको उल्लेख गरिसकेकी छन् ।

 

Write a Comment

Events
Random Picks