
यो बर्षको सबै भन्दा भायलेण्ट अफियर " चक्कर "
फिल्म ‘चक्कर’को अफिसियल ट्रेलर रिलीज भएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको फिल्मको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा अफिसियल ट्रेलर रिलिज गर्यो । श्रावण ४ बाट फिल्म प्रदर्शनमा आउँदैछ ।
ट्रेलरमा लिड कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाबीच द्वन्द्व देखिन्छ । यस्तै, अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ, जसले चलचित्रको कथामाथि केहि सस्पेन्स पनि छोड्छ ।
नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा चलचित्र बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली चलचित्रहरु भन्दा केहि पृथक बाटोमा रहेर चलचित्र बनाएको उनले बताए ।
अभिनेत्री ऋचाले आफूले पहिलो पटक प्रहरीको भूमिका निभाएको भन्दै दर्शकलार्इ ‘चक्कर’ को खुराक मनपर्ने बताइन् । अर्पण र सृजना पनि चलचित्रलाई लिएर आशावादी देखिए ।
सिमित बजेटमा निर्माण भएको यो चलचित्रको सम्पादनको काम पनि निर्देशक स्वयंमले गरेका छन् । कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो ।
चलचित्रको सम्पादन पनि निर्देशक रौनियारले स्वयमले गरेका छन् । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।