चलचित्र 'चिमुसिची' टिम पोखरामा
17-July-2018

१ साउन ,पोखरा 
सन्तोष बस्याल

श्रावण ११ गते शुक्रबारबाट देशभर पर्दशन हुन गईरहेको चलचित्र चिमुसिचि टिम अहिले पोखरामा छ । पर्दशन मिति नजिकिदै गर्दा उक्त टिम प्रचारप्रसारका लागि पोखरा आएको हो ।

म्युजिकल ड्रामा ,कमेडी ,सस्पेन्स जनराको चलचित्रको निर्माण युनिट अहिले म्युजिकल टुर लिएर पूर्वको विर्तामोड देखि पोखरा सम्म आईपूगेको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा युनिटले जनाएको छ । आजै पोखराको डेबिसफलमा जारी महोत्सवमा चलचित्रका कलाकारले आ—आफ्ना प्रस्तुति राख्ने कार्यक्रम छ । त्यस लगतै मिडटाउनमा पनि टिमले कार्यक्रम गर्ने छ ।

पोखरा ,कास्कीमौजा ,बैंकक ,दमौली ,काठमाडांै लगायतका ठाउमा छांयाकन गरिएको चलचित्रमा सुशान्त कार्की ,सुनिल क्षेत्री ,अलिशा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका लेखक तथा निर्देशक यसअघि सकुन्तला , कामचोर निर्देशन गरेका दिनेश श्रेष्ठ रहेका छन् । चलचित्रमा अरुण कुमार गुरुङले लगानी गरेका हुन् भने शिवराज कार्की कार्यकारी निर्माता हुुन् । चलचित्रमा पहिलोे नेपाल आईडलको उत्कृष्ट ५ मा पर्न सफल गायिका सुजता पाण्डेले पनि शिर्ष गीत गाएकी छिन् ।

फोटो : निशान प्रजापती ( जक्सन डट कम ) 
भिडियो : सिद्धार्थ गौतम ( जक्सन डट कम )

Write a Comment