चलचित्र ‘शुभ लभ’ बाट डेव्यु गर्दै युवा ज्योतिष हरिहर अधिकारी
21-July-2018

जक्सन डट कम 

चर्चित युवा ज्योतिष हरिहर अधिकारी अब नायक बन्ने भएका छन् । चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयले निर्माण गर्ने घोषणा गरेको चलचित्र ‘शुभ लभ’ बाट उनले नायकको रुपमा डेव्यु गर्न लागेका हुन ।

चलचित्रको कथा पनि हरिहर आफैले लेखेका हुन । फरक प्रेम कथा बाकेको चलचित्र ‘शुभ लभ’ मा हरिहरको अपोजिटमा मिस टिन २०१७ कृष्टिना पौडेलले अभिनय गर्नेछिन्।

सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, अभिनेता सरोज खनाल, कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ । साथमा डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने शुक्रबार गरिएको प्रेसमिटमा जानकारी गराइयो ।

भदौ १५ गतेदेखि छायाँकन सुरु हुने ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने प्रदीप कुमारले बताए । ‘छायाँकन सकेर दुई महिना प्रचार गरी चलचित्र प्रदर्शन गर्छौं’, उदयले भने । अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । कस्ट्युम डिजाइन रोबिन परियारले गर्नेछन् । चलचित्रको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुनेछ । 

रमाइलो छ को सहयोगमा 

Write a Comment