बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती पुन मगर गृहजिल्ला तनहुँको दमौली आउदै
25-July-2018

जक्सन डटकम 
पोखरा, साउन ९  
तनहुँकी चेली प्रगती पुन मगर अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको फाइनल प्रवेश गरेकी छन् । प्रगति आज आफ्नो गृहजिल्ला तनहुँको दमौली आउदै छिन । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको गत शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगी उगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् । तनहुँ शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानैदेखि नृत्य गर्दै आएकी थिइन् । भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलको आयोजना तथ तनहुँका विभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा प्रगती पुन मगर दमौली आउन लागेकी हुन् ।

आज बुधबार साँझ ५ बजे दमौली स्थित मेनचोकमा हुने कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्नुका साथै जिल्लाबासि संग आफ्नो लागि भोटको अपिल गर्नेछिन् । प्रगति लाइ सम्मान कार्यक्रमको समेत आयोजना गरिएको भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलका संचालक तथा कोरियोग्राफर सर्जन थापा मगरले जानकारी दिए । कार्यक्रममा प्रगती आवद्ध रहेको पोखराको चर्चित ड्रान्स ग्रुप क्रिस्टल क्लज डान्स क्रियुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रगतीले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज डान्स क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् ।

प्रगती पुन मगरलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गर्इ ०४ टाइप गरी ३५२२५ मा एसएमएस पठार्इ भोटिङ गर्न सकिन्छ । भोटिङ साउन १० गते बिहीबार देखी एक सातासम्म गर्न सकिनेछ । प्रतियोगिताको निर्णायकका रुपमा कोरियोग्राफर कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की रहेका छन् । यस्तै प्रगतीसँगै कविता नेपाली र सरोज मोक्तान बुगी उगीको फाइनलिस्टमा छनौट भएका छन् । प्रगति लाइ शुक्लागण्डकीमा समेत सम्मानको कार्यक्रम रहेको छ ।

ग्रान्ड फिनाले प्रवेशपछि घर आउन लागेकी प्रगतिको भव्य स्वागत गरिने लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष प्रदिप थापाले बताए । उनको स्वागत र भोट अपलिका लागी दुलेगौडाको बिपीचोकमा दिउसो १२ बजे कार्यक्रम गरिने थापाले जानकारी दिए । प्रगति लाइ अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको विजेता बनाइ उपाधि तनहुँ भित्र्याउन जिल्ला बासि विभिन्न तरिकाले लागिपरेका छन् ।

 

Write a Comment

Events
Random Picks