फेसबुकका मार्क जुकरबर्गलाई ठूलो झड्का, १६८ करोड डलर नोक्सान
26-July-2018


जक्सन डटकम 
पोखरा, साउन १० 
डाटा लिक जस्तो प्रमुख मामलामा चलेको विवादले फेसबुकको विकासमा ठूलो झड्का पुग्न गएको छ ।  सोसल मिडियाको दिग्गज मानिएको कम्पनी फेसबुकको विगत एक वर्षदेखि कन्टेन्ट पोलिसी अनि निजी डाटाको सुरक्षामा असफलता एवं विज्ञापनदाताहरुको लागि पनि यसको फेरिएको नियमका कारण आलोचित समेत बन्नु परेको छ । 
फेसबुकले यो वर्षको दोस्रो क्वार्टरसम्म आउँदा नोक्सानी बेहोरेको छ । बुधबार फेसबुकमा जारी एक बयान अनुसार फेसबुकको यूजर ग्रोथ अनि बिक्रीमा कमी आएको छ । उक्त बयानमा भनिएको छ कि यो वर्ष राम्रो प्रदर्शनको आशा गर्नु उचित नहुन सक्छ ।
बुधवार फेसबुकका वित्तीय अधिकारी डेभिड वेइनले बताएका छन् कि कम्पनीको मुनाफा तेस्रो र चौथो क्वार्टरमा कमी हुन सक्छ । यस घोषणापछि कम्पनीको शेयरमा २४ प्रतिशतको गिरावट देखियो । यस गिरावटका कारण मार्क जुकरबर्गले १६८ करोड डलर नोक्सानीको सामना गर्नु पर्यो । 
ब्लूमबर्ग विलियनएयर सुचकांकले, जुकरबर्गको सम्पत्तिमा १६.८ विलियन डलरको गिरावट देखाएको छ । यदी बिहीबारको क्लोजिङ पछि कम्पनीको शेयरहरु हेर्ने हो भने जुकरबर्ग तेस्रो स्थानबाट छैंटौं स्थानमा पुगेका हुनेछन् । यसरी नै गिरावट खेप्दै जानु पर्यो भने यो वर्षको अन्त्यसम्म जुकरबर्गको १३७ करोड डलरसम्मको नोक्सानी हुन सक्छ ।

 

 

Write a Comment

Events
Random Picks