माया गुरुङ र रामजी पौडेलको तीज गीत “दिदि तिम्रो भाइ" सार्वजनिक
27-July-2018


जक्सन डटकम 
पोखरा, साउन ११ 
गायिका माया गुरुङ र गायक रामजी पौडेलको नयाँ तीज गीत “दिदि तिम्रो भाइ" सार्वजनिक भएको छ ।
नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिक आइरहंदा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । यसैगरी  "दिदि तिम्रो भाइ" तिज गितको शब्द र लय माया गुरुङ र रामजी पौडेलको रहेको छ । गितमा माया गुरुङ् र रामजी पौडेलको अभिनय देख्न सकिन्छ । 
सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यस गीतमा जन्म घर छोडेर पराइघर पुगेकी चेलीको बेदना समाबेस गरिएको छ । जहाँ नेपाल मा रोजगारी को अभाब ले भाई बिदेसिनु परेको र तिज मा दिदि लाई लिन जान नपाउनु को पिडा समाबेश गरिएको छ ।
तारानाथ आचर्य द्वारा निर्देशित भिडियोलाई छायांकन प्रमोद गुरुङ ले गरेका हुन् भने सम्पादन नबिन केसी एबं सन्तोष मगर ले गरेका छन् । डिजिटल स्टार पोखरा को युट्युब मार्फत सार्बजनिक भएको उक्त गीत को एरेन्ज तारानाथ आचर्य ले गरेका छन् ।

Write a Comment

Events
Random Picks