सेक्स कमेडी फिल्म ‘मिस्टर भर्जिन’ टोली पोखरामा
6-August-2018

जक्सन डट कम
साउन २१ , पोखरा ।
 
भाद्र १ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर भर्जिन’ ले आफ्नो प्रचार-प्रसारलाई तिव्रता दिएको छ। अहिले प्रचार-प्रसारका लागी  फिल्मको टिम मोफसल टुरमा छ। यसै बीच सेक्स कमेडी फिल्म ‘मिस्टर भर्जिन’ टोली पोखरा आई पुगेको छ ।

सोमबार पोखरामा सांगीतिक कन्सर्ट र पत्रकार भेटघाट गर्दै फिल्मले मोफसल टुरको आरम्भ गरेको हो ।

पत्रकार भेटघाटका क्रममा नायक गौरव पहारि र नायिका मरिष्का पोखरेलले यो फिल्मलाई नेपालको पहिलो सेक्स कमेडी फिल्म भनेका छन् । नेपालमा यस्तो खालको फिल्म यसअगाडि नबनेको भन्दै गौरवले दर्शकले पुरा मनोरञ्जन पाउने बताए ।

नायिका मरिष्का पोखरेलले यसको कथावस्तु राम्रो रहेकाले आफूले फिल्म साइन गरेको बताइन् । उनले भनिन्–‘यो नेपालको पहिलो सेक्स कमेडी फिल्म हो । यसैले पनि दर्शकले मनोरञ्जन पाउनुहुनेछ । सबै बर्गका दर्शकले यो फिल्म हेर्न सक्नुहुनेछ ।’

फिल्ममा ‘कल गर्ल’ बनेकी नायिका पोखरेलले भनिन्–‘मैले आफ्नो भूमिकाका लागि ठमेलका डान्स बारमा पनि भ्रमण गरेँ ।’ 

फिल्ममा ३ फरक फरक उमेर समुहका मानिसहरुको समस्यालाई उठान गरेको निर्देशक बिशारद बस्नेतले बताए ।
 
पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा हुँदै धरान, बिर्तामोड, दमक पश्चात् फिल्मको टिम राजधानी फिर्नेछ । 
 
टुरमा गौरव पहारी र मरिश्का पोख्रेल संगै कमलमणि नेपाल, रविन्द्र झा, सोनीका रोकायासहित अन्य गायक-गायिकाको सहभागिता रहेकोछ । 

नेपालीहरुको लागि फिल्मको कथावस्तु नौलो भएकाले प्रमोशनल टुर आवश्यक रहेको निर्देशक बिशारद बस्नेतले बताए । 


 
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
 
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । 
 
यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा  सन्दिप उप्रेती रहेका छन् । 

फोटो : नबिन श्रेष्ठ / जक्सन डट कम 

Write a Comment

Events
Random Picks