नेपाली फिल्म ‘ब्ल्याक’ टोली पोखरामा : सकेसम्म फरक भूमिकामा देखिने प्रयासमा आंचल
10-August-2018

सन्तोष बस्याल
साउन २५, पोखरा ।

भाद्र १ गते बाट प्रर्दशन हुन लागिरहेको नेपाली फिल्म ब्ल्याकको निर्माण टिम अहिले पोखरामा छ । चलचित्रको प्रर्दशन मिति नजिकिदै गर्दा प्रचारप्रसारका लागि मोफसल टुरमा निस्किएको टोली पोखरा आएको हो ।
 
शुक्रबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुसँग भेटघाट गर्दै चलचित्रका नायक आकाश श्रेष्ठले चलचित्रमा प्रेम कथा रहेको बताए । एउटा प्रेमीले आफ्नो प्रेमीकालाई पाउन गर्नुपर्ने अनेक संघर्षलाई समेटाका छौ, उनले बताए । लिड क्यारेक्टरमा रहेका श्रेष्ठले पोखरा आफुलाई असाध्यै मन पर्ने ठाउँ रहेको समेत बताए । 

आकाश श्रेष्ठकी प्रेमिकाको भुमिकामा देखिएकी नायिका आँचल शर्माले पोखरामा पछिल्लो समय बारबार आउने मौका मिलिरहेको बताईन । पोखरा म समय समयमा आईरहेकै हुन्छु । साहेद मलाई पोखराको मायाले तानेको हुनसक्छ, उनले भनिन । चलचित्र ब्ल्याकमा आफु लबर गर्लको रुपमा प्रस्तुत भएको उनले बताईन । आफुले अभिनय गरेका अहिलेसम्मको क्यारेक्टर भन्दा दर्शकले फरक चाख लिने पाउने शर्माले भनिन् । 

चलचित्रका निर्देशक प्रदिप श्रेष्ठले चलचित्रको कथा अनुरुप पात्रहरुको छनोटमा कुनै कन्जुस्याई नगरिएको बताए । चलचित्रको कथालेनै मागेको क्यारेक्टर अनुसार आकाश र आँचललाईनै लिड रोलमा छनोट गरिएको उनले बताए । प्रेममा यहाँहरु पनि पर्नू भएको छ कतिले आफ्नो प्रेम प्राप्त गर्न विभिन्न अवरोधहरु झेल्नुभएको छ होला । हो यिनै समाजमा घटिरहेका विषयहरुलाईनै चलचित्रमा प्रस्तुत गरिएको श्रेष्ठले बताए । 

कार्यक्रममा उपस्थित फिल्म निर्माता तथा पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापतीले फिल्मको सफलताको कामना संगै नेपाली फिल्म क्षेत्र पनि अब साच्चै नै उद्योगको रुपमा स्थापित हुनु पर्ने र बैकिङ्ग सेक्टरले पनि फिल्ममा लगानी गर्नु पर्ने बिचार ब्यक्त गरेका थिए ।

आश्मा पाण्डेको लगानी रहेको चलचित्रमा आकाश र आँचल सँगसँगै सुन्दर श्रेष्ठ, आयुश रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा मौनता श्रेष्ठको हो । आश्मा फिल्म्स ब्यारमा निर्माण भएको चलचित्रमा संगीत भने महेश खडका र प्रतिक पौडेलको रहेको छ ।

फोटो : पुकार पुन / जक्सन डट कम 

Write a Comment