प्रदीपको पारिश्रमिक बढ्यो: ५० लाखको अफर
17-August-2018


जक्सन डटकम 
पोखरा, भदौ ०१
अभिनेता प्रदीप खड्कालाई बक्सअफिसमा पैसा छाप्ने मेशिन भनिन थालिएको छ । उनलाई लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्छ । प्रेमगीतु हुँदै लिलिबिलीु सम्म आइपुग्दा उनको लोभलाग्दो फ्यान क्रेजु बनेको छ ।
 
उनी फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा मात्र छैनन्, महंगा पनि बन्दै गएका छन् । लिलिबिलीु मा २५ लाख पारिश्रमिक लिएर अनुबन्ध भएका उनलाई अहिले ५० लाखको समेत अफर आइरहेको छ । 
 

 भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म रोजु को प्रचारमा व्यस्त प्रदीपलाई हाल  ५० लाखको अफर आएको छ । तीनै फिल्मको उनले वान लाइन स्टोरी पनि सुनिसकेका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उनले केही दिनमा तीनमध्ये एक फिल्म साइन गर्दैछन् ।  
 
फिल्मीखबरसँगको कुराकानीको क्रममा प्रदीपले ५० लाखको अफर आएपनि साइन नगरिसकेको बताए । उनी भन्छन्, पारिश्रमिक ठूलो कुरा होइन । कथावस्तु र भूमिका राम्रो लागे मात्र फिल्म गर्छु । उनी ५० लाखको अफर आएका तीनमध्ये एक फिल्म गर्ने सोचमा भने देखिएका छन् ।
 
स्रोतका अनुसार, प्रदीपले निर्माता डक्टर सिंह गुरुङको अनटाइटल प्रोजेक्ट गर्ने लगभग पक्कापक्की भएको छ । उक्त फिल्मलाई भेट्रोन निर्देशक उज्जवल घिमिरेले निर्देशन गर्न सक्नेछन् । निर्माता गुरुङ, प्रदीपलाई ५० लाख र निर्देशक घिमिरेलाई ३५ लाख दिन तयार छन् । 
 
लभ स्टेशनु पछि भैरवी कि प्रेमगीत ३ ?
 
युवा स्टार प्रदीप खड्का फिल्म रोजु पछि घोषणा भइसकेको फिल्म लभ स्टेशनु गर्दैछन् । यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । यसपछि सुवास गिरीको निर्माण तथा दिनेश राउतको निर्देशन रहने फिल्म भैरवीु गर्ने उनको प्लान छ । 
 

 
यो फिल्मका लागि अझै नायिका छनौट नभएका कारण फ्लोरमा जाने डेट तय भएको छैन । लभ स्टेशनु को सुटिङ सकिँदासम्म पनि भैरवी फ्लोरमा नगए उनले फिल्म प्रेमगीत ३ु गर्ने तालिका छ । 
 
यस फिल्मको पनि सुटिङ हुन ढिलाई भएको खण्डमा प्रदीपले ५० लाख अफरको एक फिल्म गर्ने सेड्युल तयार पारेका छन् । उनलाई धुर्मुस \ सुन्तलीले निर्माण गर्ने फिल्मबाट पनि प्रपोच गरिएको छ । यो फिल्म गर्ने वा नगर्ने उनले निधो गरिसकेका छैनन् ।

Write a Comment

Events
Random Picks