जापानबाट राजिवले स्वस्तिकालाइ रेलमा जाम भनेपछि के भयो यस्तो (भिडियोसहित)
18-August-2015

जक्सन डटकम । जापानमा बस्दै आएका गायक राजिव लामाको गीत ‘जाऊँ जाऊँ साथी रेलैमा’को भिडियो सार्वजनिक भएको छ । केहि दिन अगाडि २१ औँ विश्व आदिबासी जनजाति दिवसको अवसर पारेर जापानमा सार्वजनिक भैसकेको भिडियो ‘संग्स नेपाल’मार्फत विश्व रिलिज भएको हो ।

सार्वजनिक भिडियोमा गायक राजिव आफैँले अभिनय गरेका छन् । भिडियोमा उनले स्वस्तिका राजभण्डारीसँग केमेस्ट्रि जमाएका छन् । लामो समय यता जापानमा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा राजिवले आफ्नो प्रस्तुतीहरु दिँदै आएका छन् । गायनमा विशेष रुची भएका उनले अब चाँडै नै नेपाल आएर गीति एल्बम नै निकाल्ने तयारीमा छन् । ‘मेरो सानैदेखिको रुची हो गायन । र, म मेरो रुचीलाई व्यवसायिकता दिने बारेमा सोँच्दैछु ।’ राजिवले भने । 

राजिव १२ वर्ष यता जापानमा बस्दै आएका छन् । उनी गायन सँगै समाजसेवामा पनि उत्तिकै रुची राख्छन् । पछिल्लो पटक नेपालमा गएको विनाशकारी भूकम्पको बेलामा उनले पिडितहरुलाई आर्थिक सहयोग पनि गरेका थिए । त्यस्तै उनले जापानमा रहेर विपत्मा परेका नेपालीहरुलाई राहत जुटाउने अभियान समेत चलाए । खासगरि काभ्रे जिल्लामा भूकम्पले प्रभावित भएका स्कुलहरुमा उनले सहयोगी हात बढाएका थिए । र, अझै केहि विद्यालयहरुमा सहयोग गर्ने तयारीमा रहेको उनले सुनाए । 

सार्वजनिक भिडियो ‘जाऊँ जाऊँ साथी रेलैमा’ उनी नेपाल आएको बेलामा छायाँकन गरेका थिए । भिडियोलाई विशेष पाण्डेले निर्देशन गरेका हुन् । गायनमा उनलाई सिजे गुरुङले समेत साथ दिएका छन् । त्यस्तै भिडियोमा उनीसँगै गोबिन गुरुङ, गोबिन तामाङ, अमरजंग लामा र बुद्ध लामा पनि अटाएका छन् । मदन गुरुङ गीतको कम्पोजर हुन् भने भिडियोलाई निर्देशक विशेष पाण्डे आफैँले खिचेका हुन् ।