सलमान र दीपिकाको जोडी पहिलो पटक आउदै
19-August-2018


जक्सन डटकम 
मुम्बई, भदौ ३
दीपिका पादुकोण र सलमान खानले आजसम्म कुनै पनि फिल्ममा सँगै काम गरेका छैनन् । धेरै पटक दीपिकाले सलमानको फिल्ममा रोल आकर्षक नलागेर छाडेकी थिइन् । तर, अब यो जोडी पहिलो पटक देखिने भएको छ ।सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इंशा अल्लाह’ मा सलमान र दीपिका पहिलो पटक सँगै देखिने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भन्सालीले यो फिल्मको स्क्रिप्टको काम सुरु गरिसकेका छन् र, स्क्रिप्टको काम पूरा हुन साथ उनी फिल्मको स्टार कास्ट घोषणा गर्ने तयारीमा छन् ।‘इंशा अल्लाह’ फिल्मको वर्किङ टाइटल हो । सलमानले फिल्म रेस ३ को प्रमोसनको बेला नै उक्त फिल्ममा काम गर्न लागेको बताएका थिए । अचेल फिल्म भारतमा व्यस्त उनलाई फिल्मको स्क्रिप्ट मन परेको छ ।भन्सालीको ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ फिल्म गरिसकेकी दीपिकाले पनि ‘इंशा अल्लाह’ गर्ने लगभग पक्कापक्की भएको छ । २०२० सम्म फिल्म रिलिज हुन सक्नेछ । दीपिकाले आफ्नो अहिलेसम्मको करिअरमा सलमानसँग काम गरेकी छैनन् । उनलाई ‘किक’ र ‘सुल्तान’ अफर गरिएको थियो तर उनले दुवै फिल्म अस्विकार गरिन् । ‘पद्मावत’ पछि उनले कुनै फिल्म साइन गरेकी छैनन् ।  
स्रोत:  फिल्मीखबर
 

 

Write a Comment

Events
Random Picks