नाईं नभन्नू ल ५ यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदै
20-August-2018

 

 
जक्सन डटकम

पोखरा, भदौ ४
सुपरहिट सिरिर्ज नाईं नभन्नू ल बयष्क हुँदै गएको छ । लगातार चौँथो सिक्वेलसम्म हिट भएको यो फिल्मको पाँचौ सिरिज यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । नेपालमा आजसम्म कुनै पनि फिल्म पाँचौ सिरिजसम्म बनेका छैनन् । यो आफैंमा एउटा रेकर्ड हो । भेट्रोन निर्देशक विकासराज आचार्यले हरेक श्रृंखलामा कलाकार परिवर्तन गर्दै आइरहेका छन् । अभिनेता जीवन लुईटेल र अभिनेत्री ऋचा सिंह ठकुरीबाट नाईँ नभन्नू ल को सुरुवात भएको थियो । यसपछि क्रमशः सिक्वेल बनिरह्यो र दर्शकले रुचाइरहे । नाईं नभन्नू ल भन्ने वितिक्कै दर्शक रुवाउने फिल्म भन्ने बुझिन्छ । मनछुने गीतसंगीत, इमोसनल स्टोरी र बाल कलाकार अनुभव रेग्मी यस सिरिजका विशेषत हुन् । दोस्रो सिरिजदेखि जोडिएका अनुभव र अभिनेत्री प्रियंका कार्की पाँचौ सिरिजसम्म पनि निरन्तर छन् । जीवन लुईंटेलले यो फिल्मको दुई श्रृंखला गरे । तेस्रोमा अभिनेता आर्यन सिग्देल जोडिए । चौँथोमा अभिनेता पल शाह, आँचल शर्मा र बर्षा राउतले लिड रोलमा ब्रेक पाएका थिए ।  नाई नभन्नू ल ५ मा फेरि एकपटक निर्देशक आचार्यले नयाँ कलाकारलाई डेब्यु गराएका छन् । बाल कलाकारमा सेड्रिना शर्मा र नवनायकमा अभिषेक नेपाल यो फिल्मबाट डेब्यू गर्दैछन् ।सेड्रिनाको जोडी बाल कलाकार अनुभव रेग्मीसँग बाँधिएको छ भने अभिनेत्री स्वस्तिमा खड्काले अभिषेकसँग रोमान्स गरेकी छन् । नाईं नभन्नू ल को सिरिजमा पहिलो पटक स्वस्तिमासँगै केकी अधिकारी, दीलिप रायमाझी र निरुता सिंह पनि जोडिएका छन् । यूट्युबमा २५ लाख बढी पटक हेरिएको ट्रेलर, ३५ लाख बढी पटक हेरिएको तिम्रो आँखामाु र १६ लाख बढी पटक हेरिएको बालापनको उमेरु गीतको कारण पनि चर्चामा रहेर्को  नाई नभन्नू ल ५ यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो । यसकारण पनि फिल्म कस्तो बनेको होला रु जो कोहीका लागि यतिबेला चासोको विषय बनेको छ ।अघिल्ला सिरिजको कमाईको रेकर्ड तोड्नु र दर्शकर्मा  नाई नभन्नू ल प्रति विश्वास कायमै राख्नु यसपटक पनि निर्माण टिमका लागि सबैभन्दा ठूलो चुनौती हो । हुनत, यो टाइटल आफैंमा एक ब्रान्ड हो । दर्शक नामकै कारण पनि हलसम्म पुग्ने गर्दछन् ।हरेक नेपालीको जिब्रोर्मा नाईं नभन्नू ल’ झुन्डिएका कारर्ण   नाई नभन्नू ल ५ को व्यापार आक्रामक हुनेमा शंका छैन । फिल्ममा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ ।निर्देशक आचार्य भन्छन्, यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले पनि थप अब्बल बनेको छ । यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं ।बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।

स्रोत: फिल्मी खवर

Write a Comment

Events
Random Picks