बिबेकले नम्रतालाइ माया गर्छु भनेपछि नम्रताको यस्तो जवाफ (भिडियो सहित)
19-August-2015

जक्सन डटकम । आफ्नो अभिनय मार्फत दर्शकहरुमाझ चर्चा कमाउन सफल नायीका नम्रता श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष लामाले स्वर भरेको गितमा नम्रतालाइ बिबेक ठकुरिले साथ दिएका छन् । शुरुदेखी अन्त्य सम्म भिडियोलाइ स्लो मोसनमा उतारिएको छ। ‘मायालु मुहार तिम्रो’ बोलको गीतमा नम्रता र विवेकसिहं सुहाएका जोडी बनेर देखिएका छन ।

किर्तिपुर, सिनामंगल, कोटेश्वर लगायतका स्थानमा सुटिङ गरिएको भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका छन । बर्षमा सिमित भिडियोको निर्देशन गर्ने श्रेष्ठले नम्रता र विवेकसिहंलाई नयाँ अवधारणा अनुरुप उतारेका छन ।

गीतको शब्द र संगीत अनुरुप अभिनय सुहाउँदो भएको छ । ‘स्लो मोसन’मा तयार भएको भिडियो नेपालमा भर्खरै मात्र अभ्यासनमा आउन थालेको हो । बुढा सुब्बा डिजिटल प्रालीले सार्वजनिक गरेको भिडियोलाई हरि हुमागाईले खिचेका हुन ।

रोशन भट्टराईको शब्दलाई न्यूह बज्रचार्यले संगीत भरेका हुन । रोशन भट्टराईले नै निर्माण गरेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन ।

vedio link here : https://www.youtube.com/watch?t=159&v=9r9zTpz3gT8

Events
Random Picks