३० करोडमा नेपाली फिल्म 'पासवर्ड ' बन्दै: सन्नी लियोनले लगिन २ करोड
23-August-2018

पोखरा, भदौ ७ 

नेपाली फिल्म क्षेत्रमा अहिलेसम्म ३ करोड सम्मका नेपाली फिल्म बनिरहेका बेला एक्कासी ३० करोड बजेटमा फिल्म बन्दैछ  ।

जारी प्रेस रिलिज अनुसार निर्माण कम्पनी एबी इन्टरनेसनलले बलिउडकी ग्ल्यामर हिरोइन सन्नी लियोनीलाई समेत स्पेशल अपिरेन्स गराउँने गरी ३० करोड बजेटमा पासवर्ड नामक नेपाली फिल्म बनाउँने घोषणा गरेको छ ।

ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणको स्टोरी रहेने फिल्मको ९८ प्रतिशत छायाँकन लन्डनमा हुनेछ भने बाँकीको थोरै हिस्सा मात्र नेपालमा खिचिनेछ ।
यो फिल्म खेल्नका लागि सन्नी लियोनीलाई २ करोड नेपाली रुपैयाँ तिरिएको टिम भित्रका एक सदस्यले जानकारी दिएका छन् ।

सन्नीले खेल्ने गीतको निर्देशन गर्न बलिउडबाटै कोरियोग्राफरहरुको टिम झिकाईने छ । फिल्म ‘ह्याप्पी डेज’मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नयाँ हिरोइन परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, विक्रान्त बस्नेत र मुख्य भिलेनको रोलमा अनुपविक्रम शाही  रहनेछन् ।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने यो   फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । उनको यो डेब्यू निर्देशन हुनेछ । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । संगीत निर्देशन अर्जुन पोखरेलले सम्हालेका छन् ।

सुटिङ चाँहि आइतबारदेखि लन्डनका  बर्नमाउथ, ससेक्स लगायतका थलोमा हुनेछ   । नेपालबाट २० जनाको टोली त्यहाँ पुगिसकेका छन् ।अमित बस्नेत र हिरल जोशी यो फिल्मका फ्रन्टलाइनका निर्माता हुन् । सौरभ लामाको छायांकन रहने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् ।

साभार: न्युज फिल्मी

 

 

 

Write a Comment

Events