'लभ स्टेशन' मा जसिता गुरुङ र प्रदीप खड्का
9-September-2018

जक्सन डटकम
काठमाडौं, भदौ २४
डेब्यु फिल्म  'लिलिबिली' बाट सर्वत्र प्रसशां बटुलेकी थिइन् अभिनेत्री जसिता गुरुङले । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीको सबैभन्दा बढी चर्चा भएको थियो । यस वर्ष उनलाई नव(अभिनेत्रीको अवार्ड कुनै छुटेको छैन । 

जसिता गुरुङ प्रदीप खड्का संग दोस्रो पटक फिल्म  'लभ स्टेशन' मा काम गर्दैछिन  'लिलिबिली'  मा दुईको जोडीलाई सर्वाधिक रुचाइएको थियो । 

प्रदीपको आग्रहमा उनी दोस्रो पटक सँगै काम गर्न राजी भएको खबर छ । अहिले जसिता फिल्मको वर्कसपमा व्यस्त छिन् । भेट्रोन निर्देशक उज्जवल घिमिरेले यसको निर्देशन गर्दैछन् । 

 'लभ स्टेशन'  का लागि अझै एक नायिकाको खोजी भइरहेको छ । स्रोतका अनुसार, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग छलफल भइरहेको छ । निर्देशक घिमिरेले यसै साता दोस्रो नायिका फाइनल हुने बताए । 

काफिया फिल्मस्ले निर्माण गर्ने उक्त फिल्मको छायांकन सिक्किम र दाजर्लिङमा हुँदैछ । निर्देशक घिमिरेका अनुसार, भदौ अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ । फिल्म लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । 

यो फिल्मको प्रदर्शन मिति फ्लोरमा निस्कनु अगावै फागुन २४ गतेलाई तय गरिएको छ । सुवास सिंह बस्नेतको कथा रहेको  'लभ स्टेशन'  मा अभिनेता प्रदीप पनि निर्माताको रुपमा रहनेछन् । 
स्रोत : फिल्मीखबर

Write a Comment

Events
Random Picks