सन्तोष बस्यालको स्वरमा गीतकार दिननाथ बास्तोलाको दशैं गीत सार्वजनिक
21-September-2018


जक्सन डटकम                                                                        तस्बिर- नबिन श्रेष्ठ / जक्सन डटकम 
पोखरा, असोज ५

नेपालीहरुको महानपर्वलाई लक्षित गरि पोखरामा शुक्रबार एक दशैं गीतको सार्वजनिक गरिएको छ । गीतकार दिननाथ बास्तोलाद्वरा रचित ‘निधारमा टिका’ बोलको दशैं गीत सार्वजनिक गरिएको हो । 

बास्तोलाकै शब्द सहित संगीत रहेको गीतमा पोखरामा संगीत सँग सँगै पत्रकारिता गरिरहेका गायक सन्तोष बस्यालको स्वर रहेको छ । पोखराको नमस्ते रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको गीतलाई पोखराकै एरेण्जर साहिल गायकले गरेका हुन ।

प्रदेशीएको छोरोको सुखदुखको वेदनालाई गीतमा प्रस्तुत गरिएको गीतका सर्जक दिननाथ बास्तोलाले बताए । ‘मैले यो गीत १६ वर्ष अगाडी लेखेको थिए,उनले भने, आफ्नो कार्यव्यस्तताले गर्दा त्यतिबेला रेर्कड गर्न सकिन अहिले आएर समय जुर्यो ।’  

प्रदेशीएको छोरोले चाडपर्वका समय सम्झिएको घरदेश र परिवारको मायालाई गीतमा प्रस्तुत गरिएको उनको भनाई थियो । उनका अनुसार गीतमा छोरो घरबाट बाहिरएपछि सबैभन्दा बढि माया गर्ने आमालाई सम्झिएको कथा व्यथा प्रस्तुत गरिएको छ । 

२०५९ साल ताका गीतसंगीतमा आफ्नो संघर्ष भईरहँदा घरगाउमा दशैं मनाउने क्रममा प्रदेशिएका दाजुभाईलाई आमाहरुले सम्झेको देखेर उनको मनस्पटलमा शब्दहरु आउन थाले । फलस्वरुप बास्तोलालाई लाग्यो यता आमाले छोरालाई सम्झिरहँदा उता छोराले पनि त आमालाइर्, परिवारलाई सम्झिरहेको होला नि । उस्लाई पनि त दशैंमा घरपरिवार सँगै बसेर कानमा जमरा र निधारमा टिका लगाई ठुलाबडा मान्यजनको आर्शिवाद थाप्न मन होला । 

यि सबै मनमा लागेका र मस्तिष्कले सोंचेका विषयलाई बास्तोलाले गीतमा परिणत गरे र बन्यो एक ‘दशैं गीत’ । शब्द सँगसँगै लय पनि उनले आफैले गरे । यसअघि लोकदोहोरी गीत सार्वजनिक गरिसकेका बास्तोलाले सुरुमा त दशैं गीत आफुले गाउने प्रयास पनि नगरेका होईनन । तर पछि स्वरमा म्याच नभएर गीतलाई मार्नुहुन्न भन्ने सोंचेर गायक सन्तोष बस्यालको स्वरलाई उनले साथ लिए । 

सार्वजनिक कार्यक्रममा बोल्दै गायक सन्तोष बस्यालले दशैं गीत गाउन पाउनु नै आफ्नो लागि नयाँ भएको बताए । ‘चाडपर्व गीत मैले अहिले सम्म गाएको छैन, उनले भने, यो नै मेरो पहिलो चाडपर्वमा आधारित गीत हो ।’ 


रेर्कडिङ समयमा गीत गाउदैं गर्दा आमाप्रतिको वेदना सदभावलाई प्रस्तुत गरिरहँदा आफ्नो आँखाबाट आँशु झरेको बस्यालले बताए । करिब १ घण्टा ३० मिनेटको समय लगाएर आँफुले गीतलाई न्याय गर्न सकेको उनको भनाई थियो । 

गीतको म्युजिक भिडियोमा भने कलाकार नवराज थापा, बालकलाकार खिमु मुखिया, माधवा खनाल लगायतका कलाकारको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन भने मधुर बस्नेतले गरेका हुन् । शम्भु चालिसेको छाँयाकन रहेको गीतमा रविन विकको सम्पादन छ । 

पोखराको सिर्जनाचोक स्थित साईमन पार्टी प्यालेसमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, संगीतकार नवराज बराल लगायतले बोलेका थिए । 
 

 

Write a Comment